महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लाग"/>
2026-09-20 02:50 AM
पर्बत - PBT

पाँचौं पर्वत महोत्सव नजिकिदै बेहुलीझैँ सजिदैँ कुश्मा

महेन्द्र केसी पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव शुरु हुनको लागि अब ५ दिनमात्रै बाँकी छ । महोत्सव नजिकिदै गरेसँगै जिल्लाको कुश्मा बजार दुलही सझिएझै चिटिक्क परेकी छन् । चोक तथा गल्लीहरु झकिझकाउ बनेका छन् । 


कुश्मा बजारका मुख्य प्रवेशद्वार, चोक, गल्लीगल्ली यतिबेला ध्वजापतङ्गाले सझिसझाउ  भएका छन् । ठाउँठाउँमा व्यानर, पोष्टर तथा विभिन्न खाले प्रचारप्रसारका सामग्रीहरुले कुश्मा बजारको मुहारै फेरिएको छ । कुश्मा बजार यतिबेला दुलही अन्माउनको लागि तयारी पारिएको मण्डप जस्तै बनेको छ ।


यहि माघ १३ गतेदेखि २२ गतेसम्म हुन लागेको महोत्सवको तयारी लगभग पूरा भैसकेको छ । आयोजकका अनुसार महोत्सवको तयारी ९० प्रतिशत पुरा भएकोे छ । महोत्सवलाई सफल तुल्याउन र महोत्सवलाई आर्थिक रुपमा समृद्ध बनाउनको लागि महोत्सव आयोजक समितिले विभिन्न ४६ वटा उपसमिति बनाए काम गरिरहेको छ । 


महोत्सवमा दुइ लाख दर्शक भित्राउन लक्ष्यका साथ आयोजना हुन लागेको पाँचौ पर्वत महोत्सवमा ४ करोड बराबरको कारोबार हुने आयोजक समितिले जनाएको छ । महोत्सवमा २ सय वटा स्टल राखिएको छ जसका विभिन्न लघुउद्यम, विज्ञान, कृषि, महिला तथा सचेतना सम्बन्धीका स्टलहरु तथा विभिन्न फेन्सीका स्टलका साथै रेष्टुरेन्टहरु रहने आयोजक समितिले जनाएको छ ।

त्यस्तै महोत्सवमा अस्ट्रीच, ऊट र चौरीगाईको समेत स्टलहरु रहनेछन् भने रमाइलो मेला समेत  हुने आयोजकले जनाएको छ । साथै महोत्सवमा राष्ट्रिय कलाकार तथा स्थानीय कालकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सवमा जलयात्रा, प्याराग्लाइडिङ लगायतका सहासिक मनोरञ्जनका कार्यक्रमहरु समेत हुनेछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो