२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ग्यास बोकेको वुलेट पल्टेर अवरुद्ध पुर्व पश्चिम राजमार्ग एक तर्फी रुपमा संचालन

२०७२, ३ पुष शुक्रबार ०६:४६

दयाराम आचार्य, पुष
३, नवलपरासी /
 नवलपरासीको दुम्किबासमा ग्यास वोकेको वुलेट अनियन्त्रित भई पल्टदा अवरुद्ध बनेको
पुर्व पश्चिम राजमार्ग एक तर्फी रुपमा संचानमा आएको छ ।

ईलाका
प्रहरी कार्यलय नवलपुरले दिएको जानकारी अनुसार बाटोमा पल्टिएको ग्यासको वुलेटलाई के्रनको सहायताले हटाएर
एक तर्फि रुपमा बाटो संचालन गरीएको हो ।

पश्चिम बाट पुर्व तर्फ
आउदै गरेको एच. आर. ३८ एच. ९७ १४ नम्बरको ग्यास वुलेट दुम्किबास ५ ज्यामीरे ओरालोमा बे्रक फेल भएर
अनियन्त्रित भई सडकमै पल्टदा राजमार्ग करीब २ घण्टा पुर्ण रुपमा अवरुद्ध भएको थियो ।

राजमार्ग अवरुद्ध भएपछि रोकिएका साधन अहिले गन्तब्य तर्फ लागेको प्रहरीले
जनाएको छ ।

दुर्घटनामा परी चालक भारत सुपल १ बस्ने बर्ष ३८ का
मनोज कुमार दास घाईते भएको र उनको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यस्तै कावासोती ८ थकालि चोकमा स्थानियले ग्यास नपाएको भन्दै रोकेका तिन वटा
ग्यासको बुलेट प्रहरीले गन्तब्य तर्फ पठाएको छ । ग्यासको लागि पहल गर्ने सर्तमा उपभोत्ताले ग्यासको
बुलेटलाई छाडेका छन ।

अस्ति ग्यास आउने भनेर लाईनमा बस्दा पनि
ग्यास नआएको भन्दै आफुहरुले ग्यास पाउनु पर्छ भन्दै बेलहिया नाका बाट भित्रिएका तिन वटा ग्यासका वुलेट
रोकेर प्रदर्शन गरेका थिए । थकालीचोकमा ग्यास आउने आसमा अस्ति देखि जानकी ग्यासको सिलिण्डर लाईनमा
राखेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा