माघ ९, प्युठान । प्युठानमा आगोले जलेको १३ दिनपछी उपचारका क्रममा एक जना महिलाको मृत्यु भएको छ ।
फोप्ली गाविस वडा नम्वर २ लुप्लुङ्की ५५ बर्षिय बिष्णा भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते उनको उपचारका क्रममा पाल्पा अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला अस्पताल प्युठानमा प्रारम्भीक उपचारपछि उनलाई पाल्पा लगिएपनि उपचारका क्रममा १३ दिनपछि शुक्रबार मृत्यु भएको थियो ।