२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

लिखु खोलाको पुल वैशाखसम्म बन्ने

९ माघ २०७३, आईतवार ०७:२२

माघ ९, रामेछाप । गुम्देल गाविस र सोलुुखुम्बुको चौँलाखर्क जोड्ने लिखु खोलाको पुल निर्माण पाँच वर्षमा पनि पूरा हुन सकेको छैन । 

विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियादेवी कन्स्ट्रक्सनबीच सम्झौता भई पुल निर्माणको गति अहिले भने बढेको छ । 

बढीमा डेढ वर्षभित्र पुल निर्माण भइसक्ने शिलान्यास भएको बेला तत्कालीन स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी र ठेकेदारले भने तापनि हालसम्म पुल निर्माण नहँुदा रामेछाप बाम्तिभण्डार हँुदै राजधानी चल्न सक्ने सडक निर्माणको काम अवरुद्ध तथा राजधानीदेखि यस क्षेत्रबाट सोलुखुम्बुका केही गाविसमा पुग्ने यातायातका साधन कोसीवारि नै थन्किन बाध्य छन् । सोलुुखुम्बुको कोसीपारिका गाविस गोल, चौँलाखर्क र भकान्जेका बासिन्दा थप मर्कामा परेका छन् । 

रु तीन करोड ५० लाखको लागतमा समझौता भएको सो ट्रस ब्रिजको निर्माण दुई वर्ष अवरुद्ध भएको थियो । विसं २०७० असार मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने थियो । अघिल्लो वर्षको चैत सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिकसहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि काम सुरु भएको थियो । 

अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले २०७४ असार मसान्तसम्ममा निर्माण सक्नुपर्ने दबाब भएपछि हाल काम भइरहेको छ । अहिले रामेछापतर्फको स्तम्भ र निर्माण सकिएको तथा सोलुखुम्बुतर्फको निर्माणका लागि बेरिङ नआइपुगेकाले निर्माण हुन सकेको छैन । सकेसम्म वैशाखभित्र पुल निर्माण भइसक्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन