2026-09-19 01:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा पुनःसंरचनाको विषयमा आन्दोलन जारी

माघ ९, खोटाङ । स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । 

जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा सोही दिनदेखि आन्दोलनरत बुइपा, विजयखर्क, राजापानी र नुनथलाका बासिन्दाले आआफ्नो गाविसका विद्यालयमा कालो झन्डा गाडेका हुन् । विद्यालयको पठनपाठनमा अवरोध नपुग्ने गरी सबै गाविसका विद्यालयमा विरोधस्वरुप कालो झन्डा गाडिएको सङ्घर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो । 

आयोगको निर्णयविरुद्ध आन्दोलित बासिन्दाले माथिल्लो सगरमाथा र मध्यपहाडी लोकमार्गमा सञ्चालित यातायातका सवारीसाधन दुई हप्ताअघिदेखि बन्द गर्र्दै आएकाले जनजीवन प्रभावित भएको छ । जिल्लास्थित राजनीतिक दलले यातायात बन्दको विकल्प खोज्न आग्रह गरेपछि आन्दोलनकारीले साँझ ५ देखि बिहान १० बजेसम्म सञ्चालन सवारी साथ चलाउन दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई