५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

मध्यपहाडी लोकमार्ग निर्माणमा लापर्वाही

९ माघ २०७३, आईतवार १०:०६

 माघ ९, जाजरकोट । निर्माण सुरु भएको ७ वर्षसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने कार्य पूरा भएको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो लोकमार्गको सम्बन्धित पक्षको उदासीनताका कारण जाजरकोट खण्डको ट्र्याक खोल्ने काम निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि नसकी अलपत्र छ । 

एकैसाथ निर्माण कार्य सुरु गरेको लोकमार्गको रुकुम र दैलेखखण्डमा समयमै काम पुरा गरेर दुईवर्ष अघिदेखि यातायात सेवा सञ्चालन भइरहेको छ । लोकमार्गको जाजरकोटखण्ड सडक आयोजना र निर्माण कम्पनीको चरम लापर्वाहीले अलपत्र परेको हो । ठेक्का सम्झौता भएको मितिले दुई वर्षमै पुरा गर्नुपर्नेमा सडकको ट्र्याक खोल्ने कार्यसमेत ७ वर्ष बित्दा पनि अलपत्र छ । लोकमार्गको जाजरकोटखण्डको सडक निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको चरम लापर्वाहीले लोकमार्गको दर्जनभन्दा बढी ठाउँमा निर्माण कार्य अलपत्र पारिएको छ । 

जाजरकोटको कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटरअन्तर्गत जिल्लाको कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभिर, कालढुङ्गा थलहबजार, चुवादेउली भिर, फाल्मा, साल्माको भुसखोलालगायतका स्थानमा निर्माण कार्य अलपत्र पारिएको छ । उक्त लोकमार्गअन्तर्गत थलहगाड पुल, भेरी पुल, बङ्ग्रेखोला पुल र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ । 

सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य अधुरै छ । काम नै सुरु नभएका मन्ताभिर र थलहगाडको पुल निर्माण, ट्र्यक खोल्ने कार्य सम्पन्न भएको प्रतिवेदन दाङस्थित मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना कार्यालयले एक वर्षअघि सडक विभागमा बुझाइसकेको छ । 

एक किलोमिटर दूरीको मन्ताभिर र थलहगाडको पुल निर्माण कार्य अझै पनि सुरु भएको छैन । आयोजनाले जाजरकोटखण्डको निर्माणमा एक अर्ब बढी खर्च गरेको छमन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न सकेको थिएन । विगतमा ढिलासुस्तीका कारण काम सुरु नगरेका निर्माण कम्पनी तथा व्यवसायीलाई काम सुरु गर्न ताकेता गरेको कार्यालयका इन्जिनियर नारायणप्रसाद निउरेले बताउनुभयो । 

“जसरी भए पनि सम्झौताको काम म्यादभित्र पूरा गराउन कार्यालय लागेको छ, तोकिएको मितिमा काम पूरा नगर्ने व्यवसायीको ठेक्का तोड्ने र उनीहरूको फर्मलाई कालोसूचीमा राख्छौँ” –निउरेले भन्नुभयो । “मन्ताभिरको चट्टान काट्न व्यवसायी तयार भएकाले अब छिट्टै काम सुरु हुन्छ, अबको केही दिनमै मन्ताभिरको चट्टान काट्न मेसिन जाँदै छ”–उहाँले भन्नुभयो । 

लोकमार्गको समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि ठाउँठाउँमा जीर्ण हुन थालेको भुरका स्थानीयवासी पूर्णदेव शर्माले बतानुभयो । “ग्याभिङ, वाल, नाली, वाइडिङ, पुल निर्माणलगायत कार्य निर्माणमा चरम लापर्वाही छ, फाउन्डेसन बिनाको वाल बनाइएको छ, गरेको काम पनि गुणस्तरहीन छ”–शर्माले भन्नुभयो । 

राष्ट्रिय महत्वको लोकमार्ग निर्माणमा लापर्वाही गर्ने व्यवसायी तथा सम्बन्धित निकायलाई कारर्वाहीको दायरामा ल्याउनुपर्ने शर्माको माग छ । लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति सरकार पनि उदासीन भएको भेरीमालिका नगरपालिका–११ का इमाश्वर देवकोटाले बताउनुभयो । “हामीले प्रधानमन्त्रीलाई यसमा भएको अनियमितता ढिलासुस्ती तथा सरकारबाट अनुगनमनका लागि ज्ञापनपत्र बुझाएको थियौँ, कुनै सुनुवाइ भएन”, देवकोटाले भन्नुभयो । पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको जुलाघाट पुग्ने एक हजार ६६५ किलोमिटरको लोकमार्गको जाजरकोटखण्डले सदरमुकामलाई समेत छुन सकेको छैन । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप