माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ "/>

2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

आत्मविकास तथा नेतृत्व विकास तालिम खलङ्गामा सम्पन्न


माघ ९, प्युठान । नेपाल रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानको आयोजनामा संचालित आत्मविकास तथा नेतृत्व विकास समबन्धी  दुई दिने तालिम  सम्पन्न भएको छ । 

प्युठान न.पा. १३ विजयनगर स्थीत विजयलक्ष्मी वचत तथा ऋण सहकारी संस्थाको भवनमा संचालित उक्त तालिमको शनिबार समापन गरिएको हो । संस्थाका पदाधिकारी तथा उपशाखाहरुको नेतृत्व गर्ने पदाधीकारीहरु विच  सञ्चालन गरिएको तालिममा आत्मविकास नेतृत्व, नेतृत्व गर्ने शैली, व्यक्ति विकास संगै संस्थागत विकास, धारणा, बुझाई, सोचाई, समुह सहकार्य, समुह निर्माण, सुचना व्यवस्थापन, आत्मविकास र परिवर्तन, क्षमताविकास अनुगमन मुल्याङ्घन पद्धति, निर्णय प्रक्रीया लगाएतका विषयमा छलफल गरिएको तालिममा सहभागी रेडक्रस सोसाईटी जिल्ला साखा प्युठानका उपमन्त्री यादव खनालले जानकारी दिनुभयो । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठान अन्र्तगतका १७ वटा उपशाखा र जिल्ला शाखाका पदाधिकारी गरी ३१ जना तालिममा सहभागी रहेको संस्थाका मन्त्री दामोदर शर्माले जानकारी दिनुभयो । आगामी दिनमा नेपाल रेडक्रस सोसाईटीको संस्थागत विकास र गतिविधिमा वृद्धि गर्नको लागी कार्ययोजना निर्माण समेत गरिएको छ । साथै सहभागीहरुले निर्माण गरेको कार्ययोजना लाई आ–आफ्नो उपशाखामा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

तालिम पश्चात सहभागीको तर्फवाट  महिला सहभागी खैरा उपशाखाका मिना गिरी र पुरुष सहभागीको तर्फबाट चुजा उपशाखाका नारायण पौडेलले  मन्तव्य राख्दै आफुहरुले तालिमबाट धेरै कुरा  सिक्ने अबसर पाएको भन्दै तालिममा भएका गतिविधिलाई व्यवहारमा उतारी अगाडी वढ्नुपर्नेमा जोड दिएका थिए । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानका सभापति गुमानराज पुलामीको अध्यक्षबाट सुरु भएको कार्यक्रममा उपसभापति टोपाराम आचार्य, सदस्य नारायण पौडेल, कार्यक्रम अधिकृत ईश्वरा सुवेदीले सहजिकरण गर्नुभएको तालिमको समापन सभापति गुमानराज पुलामीले गर्नुभएको थियो । सागर शर्माको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई