श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही "/>

2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गण्डक नदी नियन्त्रण कार्य गुणस्तरहिन बन्दै, नेपाली प्रसाशन मौन


श्याम थापा/माघ ९, नवलपरासी । नवलपरासीको गण्डकमा नदि नियन्त्रणका लागी भईरहेको कार्यहरु गुणस्तरहिन भएको छ । 

पकलिहवा गाबिसको ठोकर न.५ र नर्सही गाबिसको ठोकर न.१६ मा महिना देखी कार्य भैरहेको हुदा पनि सो कामको नत भारत पक्षबाट नत नेपाल पक्ष बाट अनुगमन नभएको स्थानियहरुले बताएका छन । 

नदि नियन्त्रण कार्यको लागी भारत पक्षले गण्डक सम्झौता अनुरुप कार्य गर्न परेपनि सो कार्यहरु कति लगानी र के के गर्ने हो त्यसको बारे नेपाल पक्षलाई कुनै प्रकारको जानकारी नदिने गरेको गण्डक नदि नियन्त्रण सर्घष समितीका उपाध्यक्ष कृष्ण बाहादुर थापाले बताउनु भयो । 

भैरहेको ठोक्कर मर्मत कार्यहरुमा सोनपुरको बालुवा र मिर्जापुरको गिट्टिको प्रयोग गर्ने भनिएता पनि भारतिय ठेक्दारले स्थानिय गिट्टि र बालुवाको प्रयोग गरिरहेको स्थानिय रुदल लोनियाले जानकारी दिनु भएको छ । 

स्थानिय बासीहरुको पटक पटक गुनासो आएपछि सो कार्यहरुको स्थलगत अनुगमन गर्न नवलपरासी जिल्लाको क्षेत्र न.६ का माननिय सांसद देवकरण कलवार सन्तु पुग्नु भएको थियो । अनुगमन  क्रममा सांसद कलवारले बाउ बिनाको छोरा छोरी जस्तै यो ठोक्कर मर्मत कार्यहरु पनि त्यसतै भईरहेको बताउनु भयो । 

आफु सो कार्य स्थलमा अनुगमन गर्न जादा भारत तर्फका गण्डकका कर्मचारी र ठेक्दार बिना कार्यहरु भैरहेको र काम गुणस्तरहिन भएको सासंद कलवारले बताउनु भएको छ । साथै सो बिषयमा आफुले नेपालका प्रसाशनहरुलाई जानकारी गराउने र केन्द्र बाटै पहल गर्ने स्थानियबासीहरु संग प्रतिब्धता गर्नु भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा