माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया ति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया ति"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेल्टा क्लबहरू वक्तृत्वकला प्रतियोगिता गर्दै

९ माघ २०७३, आईतवार १३:०२

माघ ९, सुर्खेत । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) सुर्खेतको नेल्टा इन स्कुल अभियान अन्तर्गत नेल्टा क्लब गठन गर्ने र कार्यक्रमहरू आयोजना गर्ने प्रक्रिया तिब्र बनाएको छ ।  

सुर्खेतको पूर्वी भागमा रहेको आदर्श माध्यमिक विद्यालय, लेखापर्सामा सुरेन्द्र सुनारको अध्यक्षतामा आदर्श  नेल्टा क्लब गठन भएको छ  जसको उपाध्यक्षमा मिदेश फौजा, सचिवमा सन्देश पौडेल, सहसचिवमा कृष्णा सिंजाली, कोषाध्यक्षमा राजेन्द्र सुनार  र सदस्यहरूमा कर्ण बहादुर सुनार, चादनी पौडेल, मिना महर, ममता फौज, लेलिन फौजा र देबी रोकाया रहेका छन् । 

फोकल पर्सनको रुपमा अंग्रेजी शिक्षक विष्णु प्रसाद शर्मा   र सल्लहाकार दुर्गा गौतम रहेका छन् र उक्त नेल्टा क्लबले विद्यार्थी जीवनमा अनुशासनको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरी पवित्र दर्लामीलाई जिल्ला स्तरको प्रतियोगितामा छनौट गरेको नेल्टा सुर्खेतका सदस्य दल बहादुर शाहीले जानकारी दिए र त्यसै गरी ह्युरिष्टिक नेल्टा क्लबले नेवारेले आयोजना गरेको वत्रित्वकला प्रतियोगितामा गायत्री सापकोटा प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन गोपाल ओलीले जानकारी दिए र सिद्धार्थ नेशनल नेल्टा क्लव सुर्खेतले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा रीतिका राना मगर प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन निर्मला सापकोटाले बताइन । 

त्यसै गरी काक्रेविहार नेल्टा क्लब घुस्राले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पुजा बुढा क्षेत्री प्रथम भई जिल्ला स्तरको प्रतियोगितामा छनौट भएको फोकल पर्सन रविन्द्र बि.सी.ले जानकारी दिए । 

नेल्टा सुर्खेतले शनिवार फोकल पर्सनहरूका लागि एक दिने तालिम तथा अभिमुखीकरण तालिमको आयोजना गरेको र उक्त भेलाबाट जिल्ला स्तरीय प्रतियोगिताको मिति तय गर्ने नेल्टा सुर्खेतका अध्यक्ष विष्णु कुमार  खड्काले जानकारी दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह