2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको शैक्षिकस्तर थप सुधारका लागि २१ बुँदे सम्झौता

माघ १०, भक्तपुर । शैक्षिक उपलब्धिका दृष्टिले उत्कृष्ट जिल्लाको रुपमा रहेको भक्तपुरको शैक्षिकस्तरमा थप सुधार गर्न भन्दै जिल्लाका सरकारी सामुदायिक विद्यालयका प्रधानाध्यापक र जिल्ला शिक्षा अधिकारीबीच एक सम्झौता भएको छ । 

सरकारी विद्यालयको समग्र व्यवस्थापन तथा शैक्षिक उपलब्धि सुधारका लागि जिशिअ र प्रअहरूबीच २१ बुँदे कार्य सम्पादन सम्झौता भएको हो । 

शैक्षिक सत्र २०७३ का लागि विभिन्न कार्य सम्पादन गर्न जिशिअ अर्जुनबहादुर रायमाझी र विद्यालयका प्रअहरूबीच सम्झौता भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिशिअ रायमाझीका अनुसार उच्चमाध्यमिक, निमावि र प्रावि तहका १३० जना प्रअबीच सम्झौता भएको हो । 

“विद्यालयको समग्र व्यवस्थापन सुधार गर्दै शैक्षिक उपलब्धि वृद्धिका लागि विगतमा भएका कार्यलाई निरन्तरताको साथै शैक्षिक गुणस्तर उकास्नका लागि थप कार्य सम्पादन सम्झौता भएको हो,” शिक्षा अधिकारी रायमाझीले भन्नुभयो, “प्रअले सम्झौता अनुसार काम गर्नुपर्छ, काम भयो भएन भन्ने विषयमा हामी अनुगमन गर्छौंं ।” 

२१ बुँदे सम्झौतापत्रमा चालु आवको असार मसान्तभित्र विद्यालय सुधार योजना तयार गर्ने, विद्यालय क्षेत्र निर्धारण गरेर सो क्षेत्रका बालबालिकालाई विद्यालयमा ल्याउने, विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गर्ने, बालमैत्री विद्यालय व्यवस्थापनको वातावरण बनाउने, धुलोरहित कक्षाकोठामा विद्यार्थी पढाउने, अभिभावकसँग अन्तक्र्रिया गर्दै विद्यार्थीलाई नियमित रुपमा विद्यालय आउने वातावरण बनाउने बुँदा रहेका छन् । 

सम्झौतामा शैक्षिक सत्रको अन्त्यमा प्रत्येक शिक्षकलाई आफूले शिक्षण गरेको विषयको सिकाइ उपलब्धि यकिन गर्न लगाई त्यसैका आधारमा आगामी शैक्षिक सत्रका लागि शिक्षण सुधार योजना बनाउने, विद्यालयले स्वीकृत पाठ्यक्रम तथा आवश्यकताअनुसार सन्दर्भ सामग्रीको यथोचित प्रबन्ध गर्ने, विद्यालयको नाममा निकासा भई बेरुजु कायम भएको कुनै पनि कार्यक्रम भएमा सम्झौता मितिले एक महिनाभित्र र अन्यको हकमा भदौ महिनाभित्र फछ्र्योटका लागि शिक्षा कार्यालयमा कागजात पेस गर्नेलगायतका बुँदा समेत समावेश गरिएको जिशिअ रायमाझीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै