२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चौताराको पिपल कटान गरिन्छ, अनि कागजमा मिलाइन्छ

२०७२, १३ माघ बुधबार ०९:१६

सन्तोषकुमार गुप्ता । माघ १३, नवलपरासी । सार्वजनिक क्षेत्रको कुनै पनि वनपैदवार
कटान, छटान, ढलान गर्न नपाईने भए पनि भालुवाङ्ग पुल्चोकको सार्वजनिक चौतारोको पिपल कानुन विपरीत कटान
गरिएको छ ।

dang
news

वन ऐन विपरित पिपल रुख कटान
गरिए पनि त्यसलाई कागजमा मिलापत्र गरिएको छ । पुल्चोक बजार स्थीत राप्ती सार्वजनिक यातायात व्यवसाय
समितीको बुकिङ्ग काउन्टर नजिक रहेको पिपलचौतारीको रुखको हाँगाले घरमा असर गरेको भन्दै स्थानिय
पुल्चोकबासी लुम्बिनी होटेल एण्ड लजका सञ्चालक सन्तबहादुर पुनले सम्बन्धित वन कार्यालय तथा
स्थानियबासीहरुको सहमति बिना कटान गरे पछि बिबाद भएको थियो । मंगलबार दिउँसो पुनले रुखको हँगा कटाई
रहेको बेला स्थानिय पुल्चोकबासीले नकाट्न बारम्बार आग्रह गर्दा पुन आर्कोशित हुँदै मनोमानी र्ढगले रुख
काट्न नछोडे पछि स्थानियबासीहरुले जिल्ला वन कार्यालय दाङ्गलाई खबर गरेका थिए ।

खबर पाए पछि बुधबार बिहानै जिल्ला वन कार्यालय दाङ्गका सहायक वन अधिकृत रामाज्ञाप्रसाद
शाह, वन प्राविधिक बिष्णु पोख्रेल, वनपाले सहित आएको टोलीले पुल्चोक बजार जंगलक्षेत्र रहेको अवस्थामा वन
कार्यालयको अनुमति बेगर रुख कटान गरेका पुनलाई वन ऐन २०४९ अनुसार कार्वाही गर्नुको साटो वन ऐन विपरित
पुनलाई जबरजस्ती माफी मगाई पुन आर्को पटक रुख नकाट्ने सर्तमा बिना जरिबाना स्थानिय पूलचोकबासीहरुको
रोहबारमा मिलापत्र गरिएको हो । वन ऐन २०४९ तथा वन निमावली २०५१ अनुसार वन क्षेत्र भित्रका कनै वनपैदावार
तथा त्यसको हाँगाबिङ्गा समेत काट्न नपाईने प्रवाधान रहेको छ, तर कसैले अटेर गरी काटेमा वन नियम अनुसार
कडा कार्वाही तथा जरिवाना वा दुई सजाय हुने व्यवस्था छ । यस बिषयमा जिल्ला वन कार्यालय दाङ्गका कार्यालय
प्रमुख नवराज काफलेले जंगल क्षेत्रको रुख कटान, छटान तथा ढलान गर्न वन मन्त्रालयको निार्णय चाहिने बताए

जंगलको रुख कटान गर्न वन कार्यालयले पनि अनुमति दिन नमिल्ने
भएकोले पुनलाई वन ऐन अनुसार मिलापत्र गर्न नमिल्ने बताए । वन कार्यालयले पुर्जावाल जग्गा भएको
सार्वजनिकस्थल मन्दिर, चौतारा, विद्यालय, सरकारी कार्यालय र सडकछेउका रुख कटान गर्न जिल्लाका गठित वन
अधिकृत संयोजक रहेको कटान, छटान समितीको अनुगमन पछिको अनुमतिबाट मात्र मिल्ने व्यवस्था रहेको समेत
काफलेले बताए । उनले भालुवाङ्ग पुल्चोक पनि जंगल क्षेत्र रहेकोले हामीले अनुमति दिन नमिल्ने भएकोले कटान
गर्ने व्यक्तिलाई वन ऐन अनुसार कार्वाही हुनु पर्ने बताए । उनले पुनले काटेको रुखको हाँगा उनको घरलाई
क्षति पुग्ने हिसावले काटिएको हुँदा वा ऐनले नमिल्ने भए पनि एक चोटीका लागि स्थानिय राजनितिकदल,
संघसंस्थाहरुको आग्रहमा कागज गरिएको काफलेले जानकारी दिए । जुन वन ऐन २०४९ तथा वन निमावली २०५१ विपरित छ

पुनले पिपलको हाँगा काटिरहेको बेला हामीले नकाट्न आग्रह गर्यौं
तर उहाँ मान्नु भएन बरु हामी संग झगडा गदै मनोमानी ढंगले हाँगा काटे त्यसपछि मात्र जिल्ला वन कार्यालयमा
खबर गर्यौं स्थानियबासी लाक्पा सेर्पाले भने, हाम्रा बाउबाजेले रोपेको पिपलको रुखले यहाँ चौतार बनेको छ,
यसलाई सबैले संरक्षण गर्नु पर्छ भन्दा पुन परिवार म माथि नै खनिए उनले भने । हामी संग सरसलह गर्नुको
साटो यस्तो गर्ने पुनलाई कार्वाही हुनु पर्ने स्थानियबासीले माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा