२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

चौताराको पिपल कटान गरिन्छ, अनि कागजमा मिलाइन्छ

१३ माघ २०७२, बुधबार ०९:१६

सन्तोषकुमार गुप्ता । माघ १३, नवलपरासी । सार्वजनिक क्षेत्रको कुनै पनि वनपैदवार
कटान, छटान, ढलान गर्न नपाईने भए पनि भालुवाङ्ग पुल्चोकको सार्वजनिक चौतारोको पिपल कानुन विपरीत कटान
गरिएको छ ।

dang
news

वन ऐन विपरित पिपल रुख कटान
गरिए पनि त्यसलाई कागजमा मिलापत्र गरिएको छ । पुल्चोक बजार स्थीत राप्ती सार्वजनिक यातायात व्यवसाय
समितीको बुकिङ्ग काउन्टर नजिक रहेको पिपलचौतारीको रुखको हाँगाले घरमा असर गरेको भन्दै स्थानिय
पुल्चोकबासी लुम्बिनी होटेल एण्ड लजका सञ्चालक सन्तबहादुर पुनले सम्बन्धित वन कार्यालय तथा
स्थानियबासीहरुको सहमति बिना कटान गरे पछि बिबाद भएको थियो । मंगलबार दिउँसो पुनले रुखको हँगा कटाई
रहेको बेला स्थानिय पुल्चोकबासीले नकाट्न बारम्बार आग्रह गर्दा पुन आर्कोशित हुँदै मनोमानी र्ढगले रुख
काट्न नछोडे पछि स्थानियबासीहरुले जिल्ला वन कार्यालय दाङ्गलाई खबर गरेका थिए ।

खबर पाए पछि बुधबार बिहानै जिल्ला वन कार्यालय दाङ्गका सहायक वन अधिकृत रामाज्ञाप्रसाद
शाह, वन प्राविधिक बिष्णु पोख्रेल, वनपाले सहित आएको टोलीले पुल्चोक बजार जंगलक्षेत्र रहेको अवस्थामा वन
कार्यालयको अनुमति बेगर रुख कटान गरेका पुनलाई वन ऐन २०४९ अनुसार कार्वाही गर्नुको साटो वन ऐन विपरित
पुनलाई जबरजस्ती माफी मगाई पुन आर्को पटक रुख नकाट्ने सर्तमा बिना जरिबाना स्थानिय पूलचोकबासीहरुको
रोहबारमा मिलापत्र गरिएको हो । वन ऐन २०४९ तथा वन निमावली २०५१ अनुसार वन क्षेत्र भित्रका कनै वनपैदावार
तथा त्यसको हाँगाबिङ्गा समेत काट्न नपाईने प्रवाधान रहेको छ, तर कसैले अटेर गरी काटेमा वन नियम अनुसार
कडा कार्वाही तथा जरिवाना वा दुई सजाय हुने व्यवस्था छ । यस बिषयमा जिल्ला वन कार्यालय दाङ्गका कार्यालय
प्रमुख नवराज काफलेले जंगल क्षेत्रको रुख कटान, छटान तथा ढलान गर्न वन मन्त्रालयको निार्णय चाहिने बताए

जंगलको रुख कटान गर्न वन कार्यालयले पनि अनुमति दिन नमिल्ने
भएकोले पुनलाई वन ऐन अनुसार मिलापत्र गर्न नमिल्ने बताए । वन कार्यालयले पुर्जावाल जग्गा भएको
सार्वजनिकस्थल मन्दिर, चौतारा, विद्यालय, सरकारी कार्यालय र सडकछेउका रुख कटान गर्न जिल्लाका गठित वन
अधिकृत संयोजक रहेको कटान, छटान समितीको अनुगमन पछिको अनुमतिबाट मात्र मिल्ने व्यवस्था रहेको समेत
काफलेले बताए । उनले भालुवाङ्ग पुल्चोक पनि जंगल क्षेत्र रहेकोले हामीले अनुमति दिन नमिल्ने भएकोले कटान
गर्ने व्यक्तिलाई वन ऐन अनुसार कार्वाही हुनु पर्ने बताए । उनले पुनले काटेको रुखको हाँगा उनको घरलाई
क्षति पुग्ने हिसावले काटिएको हुँदा वा ऐनले नमिल्ने भए पनि एक चोटीका लागि स्थानिय राजनितिकदल,
संघसंस्थाहरुको आग्रहमा कागज गरिएको काफलेले जानकारी दिए । जुन वन ऐन २०४९ तथा वन निमावली २०५१ विपरित छ

पुनले पिपलको हाँगा काटिरहेको बेला हामीले नकाट्न आग्रह गर्यौं
तर उहाँ मान्नु भएन बरु हामी संग झगडा गदै मनोमानी ढंगले हाँगा काटे त्यसपछि मात्र जिल्ला वन कार्यालयमा
खबर गर्यौं स्थानियबासी लाक्पा सेर्पाले भने, हाम्रा बाउबाजेले रोपेको पिपलको रुखले यहाँ चौतार बनेको छ,
यसलाई सबैले संरक्षण गर्नु पर्छ भन्दा पुन परिवार म माथि नै खनिए उनले भने । हामी संग सरसलह गर्नुको
साटो यस्तो गर्ने पुनलाई कार्वाही हुनु पर्ने स्थानियबासीले माग समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य