१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

महादेव खोला खानेपानी जलाशय निर्माण सुरु

१० माघ २०७३, सोमबार १२:२४

माघ १०, भक्तपुर । भक्तपुर नगरपालिकालाई पर्याप्त खानेपानी पुर्याउन नगरकोट मुहानपोखरीस्थित महादेव खोला जलाशय खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले बहुवार्षिक कार्यक्रमअन्तर्गत रु तीन अर्बभन्दा बढीको लागतमा उक्त जलाशय बनाउन लागेको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयका सहसचिव राजनराज पाण्डेको नेतृत्वमा खानेपानी तथा ढल निकास विभागका निमित्त महानिर्देशक सुनिल दास, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख आशिष घिमिरेलगायत विज्ञ टोलीले यस क्षेत्रको अनुगमनसमेत गरेको छ । 

जलाशय निर्माणका लागि चालु आवमा रु एक करोड ३५ लाख विनियोजन भएको छ । सो रकम थप हुन सक्ने कार्यालय प्रमुख घिमिरेले जानकारी दिनुभयो । आगामी तीन वर्षभित्र निर्माण गरिसक्ने, एक वर्ष तयारी र अर्को वर्ष वितरण गर्ने गरी आगामी पाँच वर्षभित्र थप पानी वितरण गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । 

घिमिरेले भन्नुभयो, “भक्तपुरका २० हजार घरधुरीका एक लाख जनतालाई दैनिक प्रतिव्यक्ति १०० लिटरका दरले पानी वितरण गर्ने लक्ष्य रहेको छ, योजना सम्पन्न भएपछि दैनिक एक करोड लिटर पानी वितरण गर्न सकिन्छ ।” 

भक्तपुरका साथै हाल मुहानपोखरीबाट वितरण भइरहेका नगरकोट नगरपालिकाका क्षेत्रमा थप पानी वितरण गरिने भएको छ । सो क्षेत्रमा रहेका विभिन्न मूल, वर्षात् र मुहानपोखरीको पानी सङ्कलन गरी शुद्धीकरण गरेर वितरण गर्ने योजना रहेकोे उहाँको भनाइ छ । 

अध्ययन र डिजाइन प्रतिवेदनपछि पहिलो चरणमा काठमाडाँै उपत्यका खानेपानी लिमिटेडले सञ्चालन गरेको मुहानपोखरीकै संरचना प्रयोग र पुनःनिर्माण तथा प्रशोधन केन्द्र, पाइप लाइन र मर्मत एवं पानीपोखरी थप हुँदै जानेछन् ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह