2026-09-19 12:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालबालिकाको बजेट शिक्षकलाई तलब 

दयाराम आचार्य
। माघ १३, नवलपरासी ।
नवलपरासीको नरम गाविसमा वालवाललिकाको शिर्षकमा छुट्टाउनु पर्ने
रकममध्ये आधा भन्दा बढि रकम शिक्षकलाई तलब खुवाउनको लागि गाउ परिषदबाट नै छुट्याईएको छ ।

नरम गाविसको गाउ परीसदबाट आगामी आर्थिक बर्षको लागि बालबालिकाको लागि
छुट्टाईएको बजेट नरम गाविसमा रहेको नगरडाडा माध्यमिक विद्यालयकोलागि छुट्टाईएको नरम बाल संजालका अध्यक्ष
सुजन थापा मगरले बताउनु भएको छ ।

पुस २६ गते भएको गाउ परिषदबाट
आर्थिक बर्ष ०७३/०७४ को लागि बालबालिकाको लागि भनेर छुट्टाईएको बजेट मध्ये ९६ हजार रुपैया नगरडाडा
माध्यामिक बिद्यालयमा अध्यनरत बालबालिकाकालागी भनेर छुट्याईपनी सो रकम विद्यालयका शिक्षकलाई तलब
खुवाउनकालागी प्रयोग गरिने संजालका अध्यक्ष मगरले बताउनु भयो । बालबालिकाहरु बजेटबारे अनविज्ञ रहेकाले
यस अघिका वर्षहरुमा पनी विद्यालयका बालबालिकाकालागी भनेर रकम लगेर शिक्षकलाई तलब खुवाउदै आईएको र अहिले
पनी सो कार्य दोहोरिने मगरको भनाई छ ।

परिषद हुदा बालबालिकाको
रकम बालिकाकाकालागी छुट्याउन माग गर्दा समेत अन्य व्यक्तीहरुले विरोध गरेको समेत मगर बताउनुभयो

गाविसबाट बालबालिकाको शिर्षकमा आउने १० प्रतिशत बजेट बालबालिको लागि छुट्टाउन पर्ने र स्कुलको
लागि अन्य ब्यवस्था गर्न आग्रह गर्दा गर्दै पनि बालबालिको शिर्षकमा आउने रकम मध्ये ९६ हजार रकम स्कुलमा
लगाएको नरमका मोहन थापा मगरले बताउनु भयो ।

स्कुलको बालबालिको
लागि कार्यक्रम गर्ने भनेर स्कुलमा छुट्टाएको भए पनि स्कुलका बालबालिको लागि त्यस रकमको वारेमा केहि
थाहा नहुने र स्कुलमा तलब खुवाउने गरेको उहाले बताउनु भयो । बालवालीकाको लागि छुट्टीने वजेट कहा कसरी
कुन प्रयाजनको लागि प्रयोग गर्ने भन्ने निर्णय वालवालिका गर्न पाउनु पर्ने मगरको भनाई छ ।

नवलपरासी जिल्लाको साविक प्रगतिनगर गाविस नेपालकै पहिलो बाल मैत्रि
स्थानिय शासन गाविसको रुपमा घोषणा भएको र सुनवल नगरपालिका समेत नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा
भएको र जिल्लालाई नै बाल मैत्रि जिल्ला बनाउने तयारी भईरहेको अवस्थामा बालबालिकाको निर्णय बेगर
बालबालिकाकालागि छुट्टाईएको बजेट अयन्त्र प्रयोग हुनु दुखद भएको उहाले बताउनु भयो

स्कुलको लागि
कम हुने भन्दै बालबालिको शिर्षकको बजेट मध्ये ९६ हजार रुपैया विद्यालयकालागी छुट्टाईएको नरमका
स्थानियबासिन्दा लोक बहादुर रानाले समेत बताउनु भयो ।

यस बारेमा बुझदा विद्यालय नाजुक
अवस्थाम रहेको र बालबालिकाको भविष्यको लागि नै बालबालिकासंग सम्बन्धित कार्यक्रम गरेर स्कुल तर्फ ९६
हजार रकम लगाउने निर्णय भएको बिद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष्ँ खुम कुमार सारुको मगरले दावी
गर्नुभएको छ ।

गाविसकै एक मात्र माध्यमिक बिद्यालय रहेको र जिल्ला शिक्षा कार्यलयबाट पर्याप्त
दरबन्दि तथा राहत नआएको कारण गाउमा चन्दा उठाउदै विद्यालय संचालन गर्न परेकाले गाविसको नौ वटै वडाको
सहमतिमा सो रकम विद्यालयकालागी छुट्याउने निर्णय गरीएको उहाले बताउनु भयो ।

हाल विद्यालयमा निजि
स्रोतमा ७ जना शिक्ष्ँक कार्यरत रहेको र तिनीहरुलाई तलब जुटाउन गाह्रो भएकाले बालवालिका शिर्षकमा
छुट्टीने १ लाख ७५ हजार मध्ये ९६ हजार रुपैया बालबालिका सम्बन्धिनै कार्यक्रम गरी विद्यालयमा परीचालन
गर्ने निर्णय भएको उहाको भनाई छ ।

यता नरम गाविसका सचिव एवम अध्यक्ष बलराम पौडेलले विद्यालयमा
रहेका विद्यार्थी पनि बालबालिका भएकाले ९६ हजार रुपैया विद्यालयकै बालबालिकाकालागी भनेर छुट्याएको दावी
गर्नुहुन्छ । उहाले बालबालिको निर्णय अनुसार नै रकम खर्चहुने उहाले बताउनु भयो । “विद्यालयका पनी
वालवालिका हुन , बालबालिकाले जसरी निर्णय गर्छन सोहि अनुसार खर्च हुन्छ” सचिव पौडेलले भन्नुभयो

गाविसले स्कुलका शिक्षकको लागि तलब नै भनेर दिन भने नमिल्ने र
रकम त्यसरी बिनियोजन पनि नभएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई