माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ"/>
माघ १० डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरा बजार देखी २ किलोमीटर अगाडी बैतडी रोडतिर सोमबार बस र ट्रिपर एक–आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएका छन । काठमाण्डौ बाट बझाङका लागि छुटेको सुदूरपश्चिम यातायातको ना ६ ख १३३९ नम्बरको बस र बैतडी बाट डडेल्धुरा तर्फ आइरहेको से १ ख ४३५ नम्बरको ट्रिपर एक–आपसमा ठोक्किदा बसमा सवार ४ जना सामान्य घाइते भएका हुन । घाइते हुनेहरुमा बैतडी शंकरपुर–१ का ४२ बर्षिय पदम कुवँर, बझाङ जयपृथ्वीनगरपालिका–७ का २० बर्षिया लक्ष्मी खड्का, बझाङ पिपलकोट–२ का ४९ बर्षिय हरिष चन्द्र सिंह र बझाङ रिलु–१ का १८ बर्षिय सक्ताम जेठारा रहेका डडेल्धुराका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले बताउनु भएको छ । घाइते ४ वटै जना उपक्षेत्रीय अस्पताल डडेल्धुरामा सामान्य उपचार पछि घर फर्किएका अस्पताल श्रोतले जनाएको छ । साघुँरो सडक र दुइटै गाडी तिब्र गतिमा भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।