२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको डण्डा बभनौलि सडक कालोपत्रे हुदै

१९ माघ २०७२, मंगलवार १३:२२

दयाराम आचार्य/ माघ १९, नवलपरासी । नवलपरासीको कावासोती नगरपालिकाको
डण्डा देखि बभनौलि ,गुडचरी हुदै कोल्हुवा सम्मको कच्चि सडक कालोपत्रे हुने भएको छ ।


संसदिय बिकाश कोषको बजेट मार्फत सो सडक कालोपत्रे गर्नलागिएको डण्डा
,बभनौलि ,गुडचरी ,कोल्हुवा सडक निर्माण समितिका अध्यक्ष्ँ तुलसी महत्तोले बताउनु भयो ।

डण्डा
देखि बभनौलि कोल्हुवा सडक खण्डको ५ किलोमिटर सडक ५ करोडको लागतमा कालोपत्रे गर्न लागिएको उहाले जानकारी
दिनुभयो ।
यस आर्थिक बर्षको साउनमानै १८ महिनामा कालोपत्रे गरीसक्ने गरी ठेक्का प्रक्रिया सम्पन्न
भएको भए पनि भुकम्पको कारण ,नाकावन्दिले गर्दा ईन्धन अभाव र खोलाबाट गिट्टीबालुवा निकासीमा रोक लाग्दा
सामाग्रि अभावको कारण झण्डै ९ महिना ढिलो गरी काम शुरु हुन लागेको सडक निर्माण समितिका अध्यक्ष महत्तोले
जानकारी दिनु भयो ।

सबै प्रक्रिया सम्पन्न भएको र सडक डिभिजन कार्यलयबाट बुटवलबाट ईन्जिनियर आएर
कलभर्ट निर्माण ,नाला निमार्णको सर्भे भएपछि केहि दिन भित्रमानै काम शुरु हुने उहाले जानकारी दिनुभयो ।
सो सडक कालो पत्रे भएका कावासोती नगरपालिकाका १४ र १६ नम्बर वडा ,कुमारवर्ती गाविसका केहि वडा ,साविब
कोल्हुवा गाविस र नारायणी गाविसका वासीन्दा लाभान्वित हुने अध्यक्ष महत्तोले बताउनु भयो

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमारा देखि झयालबास सम्मको करीब ५ किलोमिटर
भित्रि सडक समेत कालो पत्रे हुने भएको छ । चोरमारा झयालबास सडक खण्डको ४.५ किलोमिटर सडक ३ करोड ७३ लाख
रुपैयाको बजेटमा कालोपत्रे गर्ने कार्य शुरु भएको कास्यप निर्माण समिति तथा निमार्ण ब्यवसायी संघका
अध्यक्ष माधव घिमीरेले बताउनु भयो । आगामि आर्थिक बर्षमा सक्ने गरी कार्यथालनि गरीएको भए पनि
नाकाबन्दिका कारण ईन्धन अभाव,खोलानालामा ठेक्का नलाग्दा खोलाजन्य सामाग्रिको अभावका कारण काम गर्न
गाह्रो भएको र सम्पुर्ण बिकाश निर्माणकार्यनै प्रभावित भएको उहाले बताउनु भयो ।

ईन्धन लगाएत
बिभिन्न सामाग्रिको कारण बिकाश निर्माण कार्य प्रभावित हुदा पनि प्रशासनले यस तर्फ कुनै चासो नदेखाएको
उहाले गुनासो गर्नु भयो । अभावकै बिचमा अहिले सो सडक खण्डको चोरमारा देखि बसन्तपुर ढिक सम्म सडक चौडा
गर्ने,हेम्पाईप हाल्ने कार्य भईरहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली