कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाबाट हराएका महिला-बालबालिका काठमाडौँका इँटाभट्टामा

२०७३, ११ माघ मंगलवार १०:१२


कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 

हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन पर्यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले जनाएको छ । 

यस्तै मिझिङ– ८ रोल्पाका ११ वर्षीय सेरे महरा गत मङ्सिर ९ गतेदेखि घरबाट हराइरहेका छन् । बिहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोलछिमेक चारैतिर उनको खोजी भयो तर कहीँ कतै फेला पर्न सकेनन् । उनका अभिभावकमार्फत खोजतलासका लागि मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन पर्यो । यसरी निवेदन परेपछि प्रहरी कार्यालय मार्फत हालसम्म पनि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

यस्तै बडाचौर– ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पुस २८ गतेदेखि घरबाट निस्किएर हराइरहेकी छन् । उनलाई घरपरिवारमार्फत गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म पनि खोजी गरियो तर कहीँ कतै फेला पर्न नसकेपछि उनको खोजीका लागि प्रहरीमा निवेदन पर्यो । उनको पनि प्रहरीले हालसम्म खोजी जारी राखेको छ । 

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार खोजतलासका लागि देशका सबै जिल्लामा हराएका व्यक्तिको हुलियासहित जानकारी पठाइसकिएको छ । महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पाको तथ्याङ्कानुसार चालु आवमा मात्र जिल्लाबाट करिब ४१ जना हराएकामा १८ महिला, १० बालक र १३ बालिका छन् । 

विशेषगरी ११ देखि १६ वर्ष उमेर समूहका किशोरी–युवती तथा ५० वर्ष उमेरसम्मका महिला हराउने गरेको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये ११ जना फेला परिसकेका छन् भने अन्य ३० जनाको अवस्थाका बारेमा प्रहरीलाई थप जानकारी छैन । 

यसैगरी आव २०७२/७३ मा जिल्लाबाट ८५ जना हराएकामा ३६ जना, ३१ बालिका तथा १८ बालक रहेको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आफूले रोल्पामा काम गर्दाको अनुभव सुनाउँदै मगरले भने– “हराएकामध्ये अधिकांश महिला तथा बालबालिका काठमाडौँका विभिन्न इँटाभट्टामा पुग्ने गरेका छन् । 

गत पुस ७ गते काठमाडौँको इँटाभट्टा जाँदै गरेका दुई महिला, एक पुरुष र अन्य ३१ बालकालिकालाई इँटाभट्टामा जाँदै गरेको अवस्थामा लिबाङको सदरमुकामस्थित टुँडिखेलबाट प्रहरीले फर्काएको थियो । 

यसरी हराएका व्यक्तिका अभिभावकले खोजतलासका लागि प्रहरीमा निवेदन दिने तर फेला परिसकेपछि पनि जानकारी नदिने भएको हुँदा सही तथ्याङ्क उपलब्ध गराउन नसकिने अवस्था रहेको बताइएको छ । रासस 

फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा