कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पाबाट हराएका महिला-बालबालिका काठमाडौँका इँटाभट्टामा

११ माघ २०७३, मंगलवार १०:१२


कविता उपाध्याय/माघ ११, रोल्पा । घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ –५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् । 

हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन पर्यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले जनाएको छ । 

यस्तै मिझिङ– ८ रोल्पाका ११ वर्षीय सेरे महरा गत मङ्सिर ९ गतेदेखि घरबाट हराइरहेका छन् । बिहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोलछिमेक चारैतिर उनको खोजी भयो तर कहीँ कतै फेला पर्न सकेनन् । उनका अभिभावकमार्फत खोजतलासका लागि मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन पर्यो । यसरी निवेदन परेपछि प्रहरी कार्यालय मार्फत हालसम्म पनि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

यस्तै बडाचौर– ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पुस २८ गतेदेखि घरबाट निस्किएर हराइरहेकी छन् । उनलाई घरपरिवारमार्फत गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म पनि खोजी गरियो तर कहीँ कतै फेला पर्न नसकेपछि उनको खोजीका लागि प्रहरीमा निवेदन पर्यो । उनको पनि प्रहरीले हालसम्म खोजी जारी राखेको छ । 

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार खोजतलासका लागि देशका सबै जिल्लामा हराएका व्यक्तिको हुलियासहित जानकारी पठाइसकिएको छ । महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पाको तथ्याङ्कानुसार चालु आवमा मात्र जिल्लाबाट करिब ४१ जना हराएकामा १८ महिला, १० बालक र १३ बालिका छन् । 

विशेषगरी ११ देखि १६ वर्ष उमेर समूहका किशोरी–युवती तथा ५० वर्ष उमेरसम्मका महिला हराउने गरेको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये ११ जना फेला परिसकेका छन् भने अन्य ३० जनाको अवस्थाका बारेमा प्रहरीलाई थप जानकारी छैन । 

यसैगरी आव २०७२/७३ मा जिल्लाबाट ८५ जना हराएकामा ३६ जना, ३१ बालिका तथा १८ बालक रहेको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आफूले रोल्पामा काम गर्दाको अनुभव सुनाउँदै मगरले भने– “हराएकामध्ये अधिकांश महिला तथा बालबालिका काठमाडौँका विभिन्न इँटाभट्टामा पुग्ने गरेका छन् । 

गत पुस ७ गते काठमाडौँको इँटाभट्टा जाँदै गरेका दुई महिला, एक पुरुष र अन्य ३१ बालकालिकालाई इँटाभट्टामा जाँदै गरेको अवस्थामा लिबाङको सदरमुकामस्थित टुँडिखेलबाट प्रहरीले फर्काएको थियो । 

यसरी हराएका व्यक्तिका अभिभावकले खोजतलासका लागि प्रहरीमा निवेदन दिने तर फेला परिसकेपछि पनि जानकारी नदिने भएको हुँदा सही तथ्याङ्क उपलब्ध गराउन नसकिने अवस्था रहेको बताइएको छ । रासस 

फाइल तस्बिर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह