२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका एक वृद्धको शव विभत्स अवस्थामा भेटियो

२०७३, ११ माघ मंगलवार १०:३९

माघ ११, विराटनगर । विराटनगर–४ हिमाली टोलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । 

अन्दाजी ६५ वर्षीय राधा घिमिरे (बल्लभ भनिने) को शव निकै विभत्स अवस्थामा उनकै घरमा झुण्डिएको फेला परेको हो । मंगलबार बिहान घिमिरेको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । ‘बेलुका फोन गर्दा उठेन ।

 बिहान पनि अत्तोपत्तो नभएपछि हेर्न आउँदा ढोका खुलै रहेछ । उनलाई भित्र झुण्डिएको अवस्थामा देखियो,’ छिमेकी निर्मल अधिकारीले भने, ‘तत्कालै हामीले प्रहरीलाई खबर गर्‍यौँ, घटनाका विषयमा यसै हो भन्न सकिएन ।’ घिमिरेकाअनुसार मृतकको शरीमा दर्जनौँ चोट छ । हातखुट्टाका नसा काटिएका छन् । झुण्डिएको ठाउँमुनि आरी पनि भेटिएको छ । घटनास्थल आसपासमा जताततै रगत लत्पतिएको देख्न सकिन्छ । 

खबर पाएपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले अहिले नै केही भन्न नसकिने बताएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेकाले त्यसअघि केही भन्न नसकिने मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारी बताउँछन् । 

मृतकका एकमात्र छोरा, बुहारीसँगै विराटनगरको मधुमारास्थित ससुरालीमा छन्। छिमेकीका अनुसार केहीदिन अघि उनीहरुबीच झगडा भएको थियो । त्यसयता छोरा श्रीमतीसहित ससुरालीमै बस्दै आएको बताइएको छ । 

मृतककी श्रीमतीलाई उपचारार्थ भारतको सिलगुढी लगिएको छ भने, छोरी अष्ट्रेलियामा छिन् । मृतक घिमिरे जिल्ला मालपोत कार्यालय मोरङका अवकाश प्राप्त नायक सुब्बासमेत हुन्। उनी केही दिनयता घरमा एक्लै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा