१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङका एक वृद्धको शव विभत्स अवस्थामा भेटियो

११ माघ २०७३, मंगलवार १०:३९

माघ ११, विराटनगर । विराटनगर–४ हिमाली टोलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा एक व्यक्तिको शव भेटिएको छ । 

अन्दाजी ६५ वर्षीय राधा घिमिरे (बल्लभ भनिने) को शव निकै विभत्स अवस्थामा उनकै घरमा झुण्डिएको फेला परेको हो । मंगलबार बिहान घिमिरेको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । ‘बेलुका फोन गर्दा उठेन ।

 बिहान पनि अत्तोपत्तो नभएपछि हेर्न आउँदा ढोका खुलै रहेछ । उनलाई भित्र झुण्डिएको अवस्थामा देखियो,’ छिमेकी निर्मल अधिकारीले भने, ‘तत्कालै हामीले प्रहरीलाई खबर गर्‍यौँ, घटनाका विषयमा यसै हो भन्न सकिएन ।’ घिमिरेकाअनुसार मृतकको शरीमा दर्जनौँ चोट छ । हातखुट्टाका नसा काटिएका छन् । झुण्डिएको ठाउँमुनि आरी पनि भेटिएको छ । घटनास्थल आसपासमा जताततै रगत लत्पतिएको देख्न सकिन्छ । 

खबर पाएपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले अहिले नै केही भन्न नसकिने बताएको छ । शवको पोष्टमार्टम गर्ने तयारी भइरहेकाले त्यसअघि केही भन्न नसकिने मोरङका प्रहरी प्रमुख एसपी सन्दिप भण्डारी बताउँछन् । 

मृतकका एकमात्र छोरा, बुहारीसँगै विराटनगरको मधुमारास्थित ससुरालीमा छन्। छिमेकीका अनुसार केहीदिन अघि उनीहरुबीच झगडा भएको थियो । त्यसयता छोरा श्रीमतीसहित ससुरालीमै बस्दै आएको बताइएको छ । 

मृतककी श्रीमतीलाई उपचारार्थ भारतको सिलगुढी लगिएको छ भने, छोरी अष्ट्रेलियामा छिन् । मृतक घिमिरे जिल्ला मालपोत कार्यालय मोरङका अवकाश प्राप्त नायक सुब्बासमेत हुन्। उनी केही दिनयता घरमा एक्लै थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह