सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी "/>

2026-08-29 08:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची आएर अखण्ड प्रदेशको पक्षमा गीत गाए पंगेनीले


सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी आइतबार अर्घाखाँची महोत्सवमा स्टेज चढ्नासाथ यि शब्दमा एक टुक्का गीत गाएर अन्य प्रस्तुती सुरु गरे । पाँच नम्वर प्रदेश विखण्डन विरुद्धको आन्दोलनलाई सशक्त बनाएर संशोधन प्रस्तावलाई असफल बनाएरै छाड्ने उद्घोष गरे । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहेका पंगेनीले पाँच नम्वर प्रदेश विखण्डन बिरुद्धमा आन्दोलनमा उत्रीएका यहाँका नागरिकको पक्षमा आवाज उठाउँदा दर्शकहरुबाट ताली बर्सियो । 

महोत्सवको उद्घाटमा नेकपा माओवादी केन्दका नेता डिलाराम शर्माले पाँच नम्वर प्रदेश विखण्डनको पक्षमा बोल्दा ढुङ्गा मुडा गरेका जिल्लाबासीले पंगेनीले अखण्ड प्रदेशको पक्षमा गीत गाउँदा भने निकै खुसी बने । पाँच नम्वर प्रदेशमा जाउँला, नाचौला जनताको साथैमा बोलको झ्याउरे गीतमा दर्शक छमछमी नाचे ।

अभावमा बाच्न सक्छौं दुःखमा हास्न सक्छौं यो देशको शिर उच्च राखेर

पानीले पेट भरौला बरु भोकै मरौला बसिदैन छिमेकीको मुख ताकेर

मिल केपि, प्रचण्ड, मिल देउवा दाई

एकताको खाँचो छ अहिले देशलाई

उनले अहिले संविधान कार्यान्वयनको बेला भएकाले सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको सन्देश गीतबाटै दिए । ‘संविधान कार्यान्वयन नहुँदा सम्म दलहरु आ–आफ्ना स्वार्थबाट उठेर एक ठाउँमा उभिनुपर्छ’ उनले भने । दलहरु बीचको पछिल्लो तिक्तताले नागरिकमा नैराश्यता छाइरहेको भन्दै उनले चिन्ता प्रकट गरे । 

पंगेनीले तिम्रो साथमा रातो पछौरी, खान्न म त पिडालु कोक्कायो, ट्यानकुटी ट्यानकुटी झाई लगायतका थुप्रै गीत गाए । गायिका कोमल ओलीले पनि पाँच नम्वर प्रदेश विखण्डन बिरुद्धको आन्दोलनमा पूर्ण समर्थन रहेको भन्दै प्रदेश विखण्डन गर्ने सरकारको योजनाको कुनै औचित्य नरहेको बताइन । पाँच नम्वर प्रदेश अन्तर्गतको पाल्पा घर भएका पंगेनी र दाङ्ग घर भएकी ओलीले पहाडलाई तराइबाट अलग गराउने सरकारको कसरतलाई असफल पार्न आफूहरु आन्दोलनको अगुवाइ गर्न तयार रहेको बताए । 

ओलीले बाझो खेलमा छ्ड्के सलाम, मलाई हे¥यो मजाले, बासै प¥यो आझै राती मायालुको घरमा, कोटी कोटी होस लगायतका गीत पस्किन । पंगेनी र ओलीले गीत गाउँदा दर्शनहरु निकै मनोरञ्जन लिए । उनीहरुले ससुरालीमा बोलको गीतमा दोहोरी गीत गाए । 

गायीका रितु कंडेलले झुटो माया जाल, आउन आउ, आइलभयुको सपना क्या मिठो लगायतका गीत गाइन । आइतबार रिपोर्टर्स क्लव अर्घाखाँचीले दुबै कलाकारहरु सँग सन्धिखर्कमा साक्षात्कार गरेको छ । 

कार्यक्रममा बोल्दै उनीहरुले कलाकारीता क्षेत्रलाई व्यवस्थित गर्न राज्यले कुनै पहल नगरेको दुखेको पोखे । ‘कलाकारीता क्षेत्र छाडा बनिरहेको छ’ गायक पंगेनीले भने, ‘नियमन गर्न राज्यले एउटा छुट्टै संयन्त्र बनाउनुपर्छ ।’ गायिका ओलीले कलाकारीता क्षेत्रका थुप्रै सुधारको आवश्यकता रहेको भन्दै केहि कलाकारका कारण समग्र कलाकारीता क्षेत्र बदनामीत गराउन नहुने बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो