सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी "/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँची आएर अखण्ड प्रदेशको पक्षमा गीत गाए पंगेनीले

११ माघ २०७३, मंगलवार ११:३६


सास/माघ ११, अर्घाखाँची ।

अर्घाखाँचीबासी हो कँस कम्मर

यो शिर टुक्रिएला टुक्रदैन पाँच नम्वर

चर्चित लोक गायक बद्री पंगेनी आइतबार अर्घाखाँची महोत्सवमा स्टेज चढ्नासाथ यि शब्दमा एक टुक्का गीत गाएर अन्य प्रस्तुती सुरु गरे । पाँच नम्वर प्रदेश विखण्डन विरुद्धको आन्दोलनलाई सशक्त बनाएर संशोधन प्रस्तावलाई असफल बनाएरै छाड्ने उद्घोष गरे । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समेत रहेका पंगेनीले पाँच नम्वर प्रदेश विखण्डन बिरुद्धमा आन्दोलनमा उत्रीएका यहाँका नागरिकको पक्षमा आवाज उठाउँदा दर्शकहरुबाट ताली बर्सियो । 

महोत्सवको उद्घाटमा नेकपा माओवादी केन्दका नेता डिलाराम शर्माले पाँच नम्वर प्रदेश विखण्डनको पक्षमा बोल्दा ढुङ्गा मुडा गरेका जिल्लाबासीले पंगेनीले अखण्ड प्रदेशको पक्षमा गीत गाउँदा भने निकै खुसी बने । पाँच नम्वर प्रदेशमा जाउँला, नाचौला जनताको साथैमा बोलको झ्याउरे गीतमा दर्शक छमछमी नाचे ।

अभावमा बाच्न सक्छौं दुःखमा हास्न सक्छौं यो देशको शिर उच्च राखेर

पानीले पेट भरौला बरु भोकै मरौला बसिदैन छिमेकीको मुख ताकेर

मिल केपि, प्रचण्ड, मिल देउवा दाई

एकताको खाँचो छ अहिले देशलाई

उनले अहिले संविधान कार्यान्वयनको बेला भएकाले सबै दल एक ठाउँमा हुनुको विकल्प नभएको सन्देश गीतबाटै दिए । ‘संविधान कार्यान्वयन नहुँदा सम्म दलहरु आ–आफ्ना स्वार्थबाट उठेर एक ठाउँमा उभिनुपर्छ’ उनले भने । दलहरु बीचको पछिल्लो तिक्तताले नागरिकमा नैराश्यता छाइरहेको भन्दै उनले चिन्ता प्रकट गरे । 

पंगेनीले तिम्रो साथमा रातो पछौरी, खान्न म त पिडालु कोक्कायो, ट्यानकुटी ट्यानकुटी झाई लगायतका थुप्रै गीत गाए । गायिका कोमल ओलीले पनि पाँच नम्वर प्रदेश विखण्डन बिरुद्धको आन्दोलनमा पूर्ण समर्थन रहेको भन्दै प्रदेश विखण्डन गर्ने सरकारको योजनाको कुनै औचित्य नरहेको बताइन । पाँच नम्वर प्रदेश अन्तर्गतको पाल्पा घर भएका पंगेनी र दाङ्ग घर भएकी ओलीले पहाडलाई तराइबाट अलग गराउने सरकारको कसरतलाई असफल पार्न आफूहरु आन्दोलनको अगुवाइ गर्न तयार रहेको बताए । 

ओलीले बाझो खेलमा छ्ड्के सलाम, मलाई हे¥यो मजाले, बासै प¥यो आझै राती मायालुको घरमा, कोटी कोटी होस लगायतका गीत पस्किन । पंगेनी र ओलीले गीत गाउँदा दर्शनहरु निकै मनोरञ्जन लिए । उनीहरुले ससुरालीमा बोलको गीतमा दोहोरी गीत गाए । 

गायीका रितु कंडेलले झुटो माया जाल, आउन आउ, आइलभयुको सपना क्या मिठो लगायतका गीत गाइन । आइतबार रिपोर्टर्स क्लव अर्घाखाँचीले दुबै कलाकारहरु सँग सन्धिखर्कमा साक्षात्कार गरेको छ । 

कार्यक्रममा बोल्दै उनीहरुले कलाकारीता क्षेत्रलाई व्यवस्थित गर्न राज्यले कुनै पहल नगरेको दुखेको पोखे । ‘कलाकारीता क्षेत्र छाडा बनिरहेको छ’ गायक पंगेनीले भने, ‘नियमन गर्न राज्यले एउटा छुट्टै संयन्त्र बनाउनुपर्छ ।’ गायिका ओलीले कलाकारीता क्षेत्रका थुप्रै सुधारको आवश्यकता रहेको भन्दै केहि कलाकारका कारण समग्र कलाकारीता क्षेत्र बदनामीत गराउन नहुने बताइन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह