2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

परासीमा नेपाली सेनाको बज्रदल गणले जनताको स्वास्थ्य क्षेत्रमा सामाजिक सेवा गर्दै

माघ २१, नवलपरासी ।
नवलपरासीको परासीमा रहेको नेपाली सेनाको बज्रदल गणले जनताको स्वास्थ्य तथा अन्य क्षेत्रमा सामाजिक सेवा
गर्दै आएको छ । जिल्लाको ग्रामिण क्षेत्रमा स्वास्थ्य उपचारका लागि शिविरका साथै बिद्यालयहरुमा शैक्षिक
एंवम् खेल सामाग्री सहयोग गरेर गणले सामाजिक सेवा गर्दै आएको हो ।

सामाजिक सेवा अन्तरगत बिहीवार
बज्रदल गणले गेर्मी गाविसका स्वास्थ्यसेवाको पहुच भन्दा बाहिर रहेका जनतालाई निशुल्क स्वास्थ्य उपचार
गरेको छ ।सिमावर्ती मधेश क्षेत्रमा रहेका सर्वसाधारणहरुलाई निशुल्क स्वास्थ्य शिबिर तथा औषधी प्रदान
गरेर बज्रदल गणले नेपाली जनताको स्वास्थ्य प्रर्बद्धनमा आफुहरु तयार रहेको सन्देश दिएको छ । निशुल्क
स्वास्थ्य उपचार पाउने भएपछि गेर्मी गाविस तथा पाल्ही गाविसका सेवाग्राहीहरु समेत स्वास्थ्य शिबिरमा
उपचारका लागि पुगेका थिए ।

स्वास्थ्य उपचारका लागि भारतीय बजार धाउदै आएका स्थानीयहरु गाउमै
नेपाली सेनाले स्वास्थ्य शिबिर संचालन गरेपछि लाभान्वित भएका छन् । नेपाली सेना बज्रदल गण परासीका
प्रमुख सेनानी गणपति पुर्ण प्रसाद ढकालले नेपाली सेना नेपाली नागरिकको सुख दुखको साथी रहेको बताउदै
जनताको स्वास्थ्य उपचारका लागि नेपाली सेना लागेको बताउनुभएको छ ।

त्यस्तै उपचारमा संम्लग्न
चिकित्सक नेपाली सेनाको बुटवलस्थित २२ नंम्बर गुल्मका मेडिकल अधिकृत डा. रविन्द्रजंग रायमाझीले शिविरमा
आएकाहरुमा छाला तथा सरसफाई सम्बन्धि समस्या रहेको जानकारी दिनुभएकोछ ।
स्वास्थ्य शिविरमा गेर्मीसहित
सनई, पाल्हीलगायतका गाविसका ६ सय सयबढी सर्वसाधारणहरुले सेवा लिएका छन् । स्वास्थ्य शिबिरमा आएका हरुले
नेपाली सेनाले मधेशको क्षेत्रका निशुल्क स्वास्थ्य शिबिर राखेकोमा आफुहरु खुसी लागेको बताएका थिए

शिविरमा आएका बिरामीहरुलाई निःशुल्क औषधिसमेत दिइएको थियो । शिबिरमा दाँत, पेट, छालालगायतको
परीक्षण गरिएको शिविरमा चारजना डाक्टर, एकजना दाँत विशेषज्ञसहित १२ जनाको स्वास्थ्य टोलीले सेवा दिएको
थियो । शिविरमा बृद्ध बृद्धाहरुमा हाडजोर्नी, छाला र महिलाहरुमा सेतोपानी बग्ने तथा पाठेघरका समस्या बढी
भएका बिरामीहरु फेला परेको स्वाथ्य टोलीले जनाएको छ । शिविरमा फेला परेका जटिल प्रकारका बिरामीहरुलाई थप
उपचारका लागी सरकारी अस्पतालहरुमा जान सल्लाह दिइएको थियो ।

त्यस्तै नेपाली सेनाकै आयोजनामा
गेर्मीस्थित राजनारायण मा.बि मा संर्पदश हुदाका लक्षण तथा बच्ने उपायहरु बारे बिद्यालयमा
बिद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ ।

त्रिवेणीमा हुने संर्पदंश उपचारलाई बिस्तार गर्दै गाउ
गाउमा संर्पदश उपचारबारे जानकारी दिने उदेश्यले सो कार्यक्रम भएको बज्रदल गण परासीले जनाएको छ

नेपाली सेनाको बज्रदल गण परासीले राजनारायण मावि गेर्मीका
बिद्यार्थीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरेको छ ।
बिद्यालयका स्तरका बिद्यार्थीहरु खेलकुदप्रति
रुचि बृद्धि गर्नका लागि नेपाली सेनाले खेलकुद सामाग्री बितरण गरेको प्रमुख सेनानी पुर्ण प्रसाद ढकालले
जानकारी दिनुभएको छ ।

जस अन्तरगत बिद्यालयलाई भलिबल फुटवल तथा क्रिकेटका सामाग्रीहरु बितरण
गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई