नन्दराम जैशी/माघ १२, जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १४ र १५ का महिलाहरुले मदिरा न्युनिकरण अभियानमा लागेका छन् । 

मदिरा सेवनले गाउँमा हुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/माघ १२, जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १४ र १५ का महिलाहरुले मदिरा न्युनिकरण अभियानमा लागेका छन् । 

मदिरा सेवनले गाउँमा हुन "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा महिलाले थाले मदिरा न्युनिकरण अभियान

२०७३, १२ माघ बुधबार ०५:४९


नन्दराम जैशी/माघ १२, जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १४ र १५ का महिलाहरुले मदिरा न्युनिकरण अभियानमा लागेका छन् । 

मदिरा सेवनले गाउँमा हुन सक्ने झै झगडालाई न्युनिकरण गर्नका लागि महिला समूहले मदिरा नियन्त्रण अभियान थालेका हुन् । कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थामा आवद्ध महिलाद्धारा मंगलबारबाट मदिरा न्युनीकरण अभियानको आयोना गरिएको हो । गाउँमा विक्रि हुने स्थानिय मदिरालाई बेच बिखनमा प्रतिबन्ध लगाइने महिलाहरुले बताएका छन् ।     

मदिरा सेवन तथा विक्रि वितरणलाई न्युनिकरण गरि संमृद्ध समाज निर्माण गर्ने उद्देश्यले अभियानको थालिन गरिएको हो । “घर घरमा हिंसा अन्त्य गरौँ, जाडरक्सी बन्द गरौँ”, भन्ने मुल नाराका साथ अभियान थालिएको बताईएको छ । 

अभियानको क्रममा १४ र १५ वडामा रहेका मदिरा पसल सञ्चालकलाई मदिराले पुर्याएको असर र गाउँ समाजमा मदिराले पारेको असरका विषयमा जानकारी गराउदै पहिलो चरणमा मदिरा नबेच्न अनुरोध गरिएको कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्बिका न्यौपानेले बताउनु भयो ।   

मदिरा विक्रि वितरण नगर्न व्यापारीलाई जानकारी गराईएको भन्दै यदि कसैले विक्रि वितरण गरेको पाईएमा महिलाहरुको निर्णय अनुसार जरिवाना गरिने उहाँले बताउनु भयो । गाउँघरमा महिला हिंसा, सम्वन्ध विच्छेद र झैझगडा मदिरा सेवनबाट हुने भएकाले मदिरा विक्रि नगर्न पसलेहरुलाई आग्रह गरिएको न्यौपानेले बताउनु भयो । मदिरा न्युनिकरण अभियान सफल पार्नको लागि महिलाको सक्रियताले मात्र सम्भव नभएको भन्दै उहाँले यसमा सबैको साथ सहयोग आवश्यक पर्ने बताउनु भयो ।

मदिरा न्यनिकरणमा सबैले साथ दिएर समाजमा परिवर्तन आउने अध्यक्ष न्यौपानेले बताउनु भयो । त्यस्तै अभियानको क्रममा घरेलु हिंसा र जाडरक्सी बन्द गर्न सुझाव दिनको लागि मदिरा पसलहरुमा गएको कार्तिकस्वामी महिला बचत तथा ऋण सहकारी संस्थाकी सचिब रापती देवकोटाले बताउनु भयो । सचिब देवकोटाका अनुसार गाउँ समाजमा रहेको महिला हिंसालाई न्युनिकरण गर्नका लागी महिला निरन्तर लाग्नु पर्ने बताउनु भयो ।

गाउँ समाजमा बस्नका लागी मेलमिलापको आवश्यकता हुने र मदिरा जस्ता पेय पदार्थ पीउदा समाजमा असर पर्ने उहाँले बताउनु भयो । सहकारी महिला अधिकार र गाँउ समाज सुधारका लागी निरन्तर लाग्ने उहाँको भनाइ छ । स्थानिय मदिरा न्युनिकरण गर्नका लागी थालिएको अभियानमा सहकारीका करिब १ सय जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।     

 पुस मसान्तसम्म मात्र मदिरा बिक्रिबाट करीब २२ लाख कर उठ्यो   

 जुम्लामा चालु आर्थिक बर्षको पुस मसान्तसम्म मधिरा बिक्रिबाट मात्र २१ लाख ९६ हजार ५९ रुपैया कर संकलन भएको छ । 

करदाता सेवा कार्यालय जुम्लाका अनुसार कार्यालयमा दर्ता भइ प्यान नंम्बर लिएका मधिरा बिक्रि पसलबाट चालु आर्थिक बर्षको पुस मसान्तसम्म मधिरा बिक्रि स्वरुप २१ लाख ९६ हजार ५९ रुपैया कर संकलन भएको हो । हाल जुम्लाका ३ सय बढि मधिरा पसल दर्ता प्रक्रियामा गई करको दायरामा आएका छन् ।

 जिल्लामा संचालित दुई वटा मधिरा उद्योग र अन्य मधिरा ब्यापारिहरुले नियमित कर तिर्ने गरेको कार्यालयले जनाएको छ । जिल्लामा जथाभावि मधिरा बिक्रिबाट हुनसक्ने क्षतिलाइ न्युनिकरण गर्न र मधिरा बिक्रि गर्ने ब्यक्ति तथा ब्यापारी उद्यमिलाइ करको दायरामा ल्याउने हेतुले कर शिक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन भैरहेको निमित्त प्रमुख कम्लेस यादबले बताउनुभयो ।

 जिल्लाका ग्रामिण भेग भन्दा सदरमुकाम आसपासका ब्यक्ति तथा ब्यापारीहरु करको दायरमा बढि आएको उहाले जानकारी दिनुभयो । ब्यापार, ब्यवसाय तथा अन्य क्षेत्रबाट आम्दानि गर्ने जो कोहि ब्यक्ति, ब्यापारि, उद्योगि तथा संघ संस्थालाइ अनिवार्य करको दायरामा आउन आग्रह गर्दै कर छल्नेहरुलाइ अनुसन्धान पछि कारवाहि, जरिवाना गरीने निमित्त प्रमुख कम्लेस यादबले बताउनुभयो । 

जम्मा २ करोड ९६ लाख १९ हजार ६ सय ४१ रुपैया कर संकलन

कार्यालयका अनुसार करको दायरामा आएका जुम्लाका ४ हजार बढि ब्यापारीक पसल, उद्योगधन्दा, संघसंस्था तथा ब्यक्तिबाट चालु आर्थिक बर्षको माघ महिनासम्म जम्मा २ करोड ९६ लाख १९ हजार ६ सय ४१ रुपैया कर संकलन भएको छ । 

जसमा अग्रिम आयकर तर्फ ४२ लाख ४३ हजार, ४ सय ४६ रुपैया, पारिश्रमिक आयकर तर्फ ३७ लाख ७१ हजार ४ सय ४४ रुपैया, पुँजिगत लाभ कर तर्फ ६ लाख ७७ हजार ७ सय १० रुपैया, सरकारी प्रतिस्थानबाट १ लाख ६ हजार २ सय ३ रुपैया र अन्य निकायबाट १५ हजार कर संकलन भएको हो । 

चालु आर्थिक बर्षमा जम्मा ६ करोड ८० लाख कर संकलन गर्ने लक्ष्य लिएको करदाता सेवा कार्यालयले गत बर्षको तुलनामा यस आर्थिक बर्षको पुस मसान्तसम्म १३ प्रतिशतले कर संकलनमा बृद्धि भएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा