१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

मर्मत नहुँदा रोल्पामा खानेपानी समस्या

१२ माघ २०७३, बुधबार ०५:५३

माघ १२, रोल्पा । पुराना योजना मर्मत हुन नसक्दा रोल्पा जिल्लामा खानेपानीको समस्या देखिन थालेको छ । 

योजना निर्माण भएको लामो समयसम्म पनि मर्मतका लागि बजेट विनियोजन नहुँदा खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् । 

जलवायुमा आएको फेरबदलले पानीका स्रोत पनि सुक्दै गएका कारण समस्यामाथि समस्या थपिएको उपभोक्ताले बताएका छन् । हिउँदमा घर नजिकैबाट पानी ल्याए पनि गर्मी मौसममा भने डेढ घन्टा टाढा पुगेर पानी ल्याउने गरेको मिझिङ–५ की यामकुमारी ओलीले बताउनुभयो । 

गाईभैँसीलाई खुवाउने, शौचालयमा प्रयोग गर्ने र घरायसी प्रयोजनका लागि आवश्यक पानीको बस्दोबस्त गर्न निकै कठिन हुने गरेको ओलीले दुखेसो गर्नुभयो । खानेपानीको मर्मतसम्भार हुन नसक्दा पानी आपूर्तिमा निकै कठिनाइ भएको मिझिङ–५ कै मनप्रसाद रानामगरले बताउनुभयो । आठ–दश घरका लागि एउटा सार्वजनिक धाराको व्यवस्था गरिएका कारण एक गाग्री पानी भर्न घन्टौं लाग्ने गरेको रानाले बताउनुभयो । 

विसं २०४२ सम्मका पुराना योजना जिल्लामा रहे पनि बजेट अभावले ती योजना मर्मत गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाले बताएको छ । 

मर्मतका लागि उपभोक्ताबाट थुप्रै माग आए पनि बजेट अभावले माग पूरा गर्न नसकिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय रोल्पाका वास फोकल पर्सन डिल्लीराज न्यौपानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै