नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्य"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसओएसले मनायो स्थापना दिवस

२०७३, १२ माघ बुधबार ०७:२४

नरजन तामाङ/माघ १२, सुर्खेत । एसओएस हर्मन माइनर विद्यालय कालागाउँको २८ औं अभिभावक दिवस तथा स्थापना दिवस मनाएको छ । 

मंगलबार एक कार्यक्रमकाबीच विद्यालयले आफ्नो स्थापना दिवस मनाएको हो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा मार्चपास, पिटि नाच, तेक्वान्तो र उसुको प्रदर्शन समेत गरिएको थियो । विभिन्न साँस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्राध्यानाध्यापक हिक्मत बहादुर वलीले प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा उत्कृष्ठ सदन, उत्कृष्ट खेलाडी, उत्कृष्ठ शिक्षक, उत्कृष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न खेलकुद प्रतियोगितामा विजेता खेलाडिहरुलाई पुरस्कार तथा कप प्रदान गरिएको थियो । एसओएस बालग्रामका निमित्त निर्देशक सुशिलमणी ज्ञावलीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मध्यपश्चिमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक धर्मजित शाहीले विद्यालयले जिल्लामा उच्च आदर्श विद्यालयका रुपमा चिनिएको भन्दै विद्यालयका गतिविधिहरुलाई अन्य विद्यालयमा समेत संचालन गर्नुपर्ने बताए । 

उनले बालबालिकाहरुको इच्क्षा अनुसारको वातावरण सिर्जना गर्न अभिभावकहरुले पहल गर्नुपर्ने बताए । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय शैक्षिक तालिम केन्द्र सुर्खेतका बरिष्ट प्रशिक्षक दीपा हमाल, सुर्खेत क्याम्पस (शिक्षा)का प्रमुख टंकप्रसाद आचार्य, राष्ट्रिय सहकारी बैंकका संचाल हरिहरनाथ योगी, समाजसेवी भद्र भण्डारी, सैनिक विद्यालयका स्थिर बहादुर थापा, विद्यालय निरीक्षक उत्तम आचार्य लगायतको सहभागिता रहेको विद्यालयका शिक्षक महेन्द्र चन्दले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा