२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा

२०७२, २५ माघ सोमबार ११:५८

माघ २५, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको सोमबारबाट अबेर शुरु भएको
निर्वाचनमा संस्थापनपक्ष र देउवापक्ष बीच चर्काे प्रतिष्पर्धा हुने भएको छ । जिल्ला सभापतिमा
संस्थापनपक्षबाट महेन्द्रध्वज जि.सी र देउवापक्षबाट बिष्णु लामिछानेले उम्मेदवारी दिनुभएको छ

यसअघि संस्थापनपक्षमा रहनुभएका लामिछानेले देउवा समुहबाट
उम्मेदवारी दिनुभएको हो । लामिछाने वर्तमान
जिल्ला सचिव समेत हुनुहुन्थ्यो ।

बाबुको क्रियामा रहनुभएका लामिछाने दशौ दिनका दिन निर्वाचन कार्यक्रममा सहभागि
हुनुभएको छ ।

त्यस्तै संस्थापन समुहले बिक्रम यादवलाई सचिव पदमा
उठाएको छ । यादव क्षेत्रीय सभापतिमा देउवापक्षका नेता नरेन्द्र कुमार गुप्ता संग पराजित हुनुभएको थियो ।
यादव नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष समेत रहनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा ओम सापकोटाले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र
न्यौपानेले जानकारी दिनुभएको छ ।

त्यस्तै देउवा पक्षले सचिवमा
राजेन्द्र सहानी र कोषाध्यक्षमा दानबहादुर बाकाबल मगरलाई उम्मेदवार बनाएको छ । सचिवका दुवै उम्मेदवार
मधेशी पृष्ठभुमिका रहनुभएको छ भने देउवा पक्षले जनजाति उम्मेदवारलाई कोषाध्यक्षको उम्मेदवारर बनाएको छ

संस्थापनपक्षका उम्मेदवारलाई कांग्रेस केन्द्रीय सदस्य डा.
शसाक कोइराला, कृष्णचन्द्र नेपाली र नवलपरासीका अधिकाँश सांसदहरुका समर्थन रहेको संस्थापनपक्षले दावी
गर्दै आएको छ भने देउवा पक्षमा जिल्ला सभापति देबेन्द्रराज कण्डेल, नेता सत्यनारायण खनाल,सांसद बिक्रम
खनाल लगायतले समर्थन गनुभएको छ ।

त्यस्तै काग्रेस नवलपरासी
सम्बद्ध स्रोतका अनुसार देउवापक्षले यस पटक गाउ नगर तथा क्षेत्रमा आफ्नो पक्षको टिम बनाउन सफल भएको छ ।
दुवैपक्षले आ–आफ्नो जितको दावी गर्दै आएपनि बिगतमा भन्दा यसपटक नवलपरासीमा देउवापक्षको वश्र्वच बृद्धि
भएको स्रोतले दावी गरेको छ ।

यस अघि दुबैपक्षले पत्रकार सम्मेलन
गरी उम्मेदवारीको घोषणा गरेका थिए । देउवापक्षले क्षेत्र नम्बर तीन चार पाच र छ का क्षेत्रीय सभापति र ७
वटा नगर मध्ये ३ वटा नगर सभापति सहितको उपस्थितिमा उम्मेदवारी घोषणा गरेको थियो । १ हजार ८५ जना
प्रतिनिधिले मतदान गर्ने अधिबेशनबाट अध्यक्ष सचिव र कोषाध्यक्ष सहित प्रत्येक क्षेत्रबाट पाँच पाँच
जनाको दरले महासमिति सदस्य समेत चयन गर्नेछ । सोमबार साझ यो समाचार तयार पार्दा सम्म अधिबेशनमा मतदान
जारी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ