2026-06-28 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिवेणीधामको मेलामा अन्य बर्षहरुमा भन्दा धेरै भक्तजनहरुको घुइचो

माघ २५, नवलपरासी । यसबर्षको
त्रिवेणीधामको मेलामा अन्य बर्षहरुमा भन्दा धेरै भक्तजनहरुको घुइचो लागेको छ ।

नवलपरासीको धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल त्रिवेणीमा बर्षेनी लाग्ने मेला यसबर्ष
सोमबारे औशी परेका कारण अत्यधिक भक्तजनहरुको घुइचो लागेको मेला आयोजकले जनाएको छ । मेलाको अघिल्लो दिन
देखि नै त्रिवेणीधाममा भक्तजनहरुको घुइचो लागेको मेलाका प्रचार संयोजक प्रेम माचन्द्र रौनियारले जानकारी
दिनुभएकोछ । सोमबारे औशीमा सबेरै उठी स्नान गर्नाले यसलोकमा सुख र परलोकमा शान्ति मिल्ने धार्मिक
बिस्वास रहदै आएका कारण सोमबारे औशी स्नान गर्नेहरुको घुइचो लागेको हो ।


हिन्दु धर्मावलम्बीहरुले त्रिबेणी धामलाई महादेबको पाउ र मुक्तिनाथलाई शिर मान्ने धार्मिक
पराम्पराका कारण त्रिवेणी स्नान गरेपछि मात्र सातधाम जाने प्रचलन रही आएको छ ।

त्रिवेणीको महादेब मन्दिर नारायणी नदी , गजेन्द्रमोक्ष तथा बाल्मिकीक्षेत्र धार्मिक
तपोभुमि रहेको विश्वास गर्दै नेपालको लुम्बिनी नारायणी अञ्चलका साथै भारतका बिभिन्न प्रान्तबाट समेत
भक्तजनहरु त्रिवेणी आएका छन् ।

त्यस्तै पुर्णभद्रा सोनभद्रा र
तमसा नदी मिलेर त्रिवेणी बनेको त्रिवेणीमा नदी आई पुग्दा नौ वटा नदी मिसिएकाले नारायणी भनिएको
पुराणहरुमा उल्लेख गरिएको छ ।

त्रिवेणीमा माघे सक्रान्ति माघे
औशी शिव रात्री हरिबोत्रनी एकादशीलगायतका बेला स्थान गर्न आउनेहरुको घुइचो लाग्ने गरेको छ ।

धाम बाहेकपनि त्रिवेणी क्षेत्रमा रहेका शिवपुरगढी चुहाहीमाई मदारबाबा
लगायत ऐतिहासिक स्थान रहेकाले पनि आन्तरिक तथा बाह्य पर्यटनका लागि महत्वपुर्ण मानिदै आएको छ

मेलामा सवारी साधनका राजस्व, पार्किङ, तारघाट लगायतबाट राजस्व
संकलन हुने गरेका कारण पनि यसमेला नवलपरासीका प्रमुख मेला मानिन्छ ।

यस अघि मेला आयोजकले मेलामा ४ लाख भक्तजनले दर्शन गर्न आउने दावी गर्दै आएका थिए । मेला
ब्यवस्थित बनाउन त्रिवेणी सुस्ता गाविस, स्थानीय संघसंस्था युवा क्लबलगायतका सरोकारवाला निकाय सक्रिय
हुदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी