२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आर्थिक अभावमा नन्दकलाको उपचार रोकियो, सहयोग गरिदिन आग्रह

१३ माघ २०७३, बिहीबार ०६:३३

नरजन तामाङ/माघ १३, सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर १६ का नन्दकला बिश्वकर्माको उपचारमा सहयोग गरिदिन उहाँका आफन्तजनले सबैसंग आग्रह गरेका छन । ३ बर्षदेखि पाठेघरको क्यान्सरवाट पिडित भएकी नन्दकलाको उपचारमा आर्थिक अभाव भएपछी आफन्तजन सहयोगको लागी आग्रह गरेका हुन । 

उपचारको लागी ३ लाख रुपैया खर्च भइसकेपनि थप रकम नहुदाँ उपचार गर्न नसिकएको नन्दकलाका छोरी माया सुनारले दुखेसो पोखिन । श्रीमानले अर्को बिहेगरेपछी वास्ता गर्न समेत छाडेको भन्दै नन्दकलाले २१ बर्षदेखि छोरीको घरमा बस्दै आएको बताइन । 

उपचारको लागि चितवनको भरतपुर अस्पतालमा पुर्याएपनि ३ लाख भन्दा बढी रकम आवश्यक पर्ने भनेपछी घर फर्काउँन बाध्य भएको नन्दकलाकी छोरी मायाको दुखेसो छ । अहिले सम्म उपचारका लागी कुनै पनि निकायवाट उपचारमा सहयोग नपाएको दुखेसो पोख्दै पीडित नन्दकलाले राज्य र अरु सहयोगी हातहरुले सहयोग गरीदिएमा नयाँ जीवनको अनुभुति गर्न पाउँने बताइन ।

६० बर्षिय नन्दकलाको उपचारमा वीरेन्दनगर १० सुर्खेतका समाजसेवी प्रेमप्रकास खड्काले ५ हजार सहयोग गर्ने घोषणा गरेकाछन् । पारिवारिक अवस्था ज्यादै कमजोर भएका कारण सहयोगका लागि ९८६८२६६५७८ मा सम्पर्क गर्न समेत परिवारले आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो