२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बेरोजगार युवाहरुलाई व्यवासायीक उद्यम तालिम लागि दरखास्त खुल्यो

२०७३, १३ माघ बिहीबार ०९:५४

माघ १३, नवलपरासी । १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुलाई राष्ट्रिय युवा परिषदले एक वडा १० युवा एक उद्यम कार्यक्रम ल्याएको छ । 

नवलपरासी जिल्लामा बेरोजगार रहेका युवाहरुको एक वडामा १० जनाको एक युवा समुह बनाई व्यवासायिक उद्यम गर्ने उद्देश्यले जिल्ला युवा कमेटी कार्यालय नवलपरासी मार्फत राष्ट्रिय युवा परिषदमा दरखास्त पेश गर्ने जिल्ला युवा कमेटीले जानकारी दिएको छ । 

युवा तथा खेलकुद मन्त्रालय अन्तगर्त युवा परिषदले १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुबाट आएको व्यवासायिक उद्यम संञ्चालनको दरखास्त आएपछि युवा परिषदले उक्त समुहलाई उद्यम संचालनको लागि आवश्यक बजेट उपलब्ध गराईने जिल्ला कमेटीले जानकारी दिएको छ ।

दरखास्त पेश गर्दा संलग्न गर्नु पर्नै कागजात ।

१. एउटै वडाको १६–४० वर्षका १० जना युवा –कम्तीमा ५० प्रतिशत महिला) हुनु पर्नेछ ।

२. युवा समुह प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्नेछ । यो सुचना प्रकाशित भएको समयअवधि भित्र पनि नयाँ युवा समुह दर्ता गर्न सकिने छ ।

३. सम्बन्धित निकायमा संस्था दर्ता भएको प्रमाणको प्रतिलिपी यदि पहिला नै दर्ता भएको संस्था भए नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।

४. निवेदनका साथमा ५ वर्षे व्यवासायिक कार्ययोजना ९द्यगकष्लभकक एबिल० पेश गर्नु पर्ने छ । व्यवसायिक उद्यम, कृषि, बन, पशु पन्छी, विज्ञान, सुचना प्रविधि, संचार कला, सांस्कृति पर्यटन प्रवद्र्धन, निर्माण आदि स्थानिय श्रोत साधन वा आधारित हुनु पर्ने छ ।

५. व्यवसायिक उद्यम गर्ने समुहका सदस्यहरुको नागरिकताको प्रतिलपी ।

६. व्यवासायिक उद्यम संचालन गर्ने समुह वा सदस्यहरुको माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी । –कम्तीमा आधारभुत तह कक्षा ८ उत्तिर्ण गरेको हुनु पर्नेछ । )

७. सम्बन्धित वडा कार्यालयको उक्त वडाका बेरोजगार युवा भएको सिफारिश पत्र ।

८. व्यवासायिक उद्यम संचालन गर्नको लागि निवेदन दिने समुहको बैठकको निर्णयको प्रतिलिपी ।

त्यस्तै युवाहरुको व्यवासायिक शिप विकास गराउनका लागि युवा परिषदले तालिमको व्यवस्था पनि मिलाएको छ । यस आर्थिक वर्षमा युवा परिषदले स्टिल फेबरिकेटर, वेल्डर, ईलेक्ट्रेशियन, व्युटी पार्लर, मोबाईल रिपेयरिङ्ग, सिलाई, कटाई र शैलुन समेत जस्तो तालिमको व्यवस्था मिलाएको जिल्ला युवा कमेटीले जनाएको छ। यस कार्यक्रमको विषयमा थप जानकारी लिन युवा परिषदको वेवसाईट www.nyc.gov.np मा बुझन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा