१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बेरोजगार युवाहरुलाई व्यवासायीक उद्यम तालिम लागि दरखास्त खुल्यो

१३ माघ २०७३, बिहीबार ०९:५४

माघ १३, नवलपरासी । १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुलाई राष्ट्रिय युवा परिषदले एक वडा १० युवा एक उद्यम कार्यक्रम ल्याएको छ । 

नवलपरासी जिल्लामा बेरोजगार रहेका युवाहरुको एक वडामा १० जनाको एक युवा समुह बनाई व्यवासायिक उद्यम गर्ने उद्देश्यले जिल्ला युवा कमेटी कार्यालय नवलपरासी मार्फत राष्ट्रिय युवा परिषदमा दरखास्त पेश गर्ने जिल्ला युवा कमेटीले जानकारी दिएको छ । 

युवा तथा खेलकुद मन्त्रालय अन्तगर्त युवा परिषदले १६ देखि ४० वर्षसम्मका बेरोजगार युवाहरुबाट आएको व्यवासायिक उद्यम संञ्चालनको दरखास्त आएपछि युवा परिषदले उक्त समुहलाई उद्यम संचालनको लागि आवश्यक बजेट उपलब्ध गराईने जिल्ला कमेटीले जानकारी दिएको छ ।

दरखास्त पेश गर्दा संलग्न गर्नु पर्नै कागजात ।

१. एउटै वडाको १६–४० वर्षका १० जना युवा –कम्तीमा ५० प्रतिशत महिला) हुनु पर्नेछ ।

२. युवा समुह प्रचलित कानुन बमोजिम सम्बन्धित निकायमा दर्ता भएको हुनु पर्नेछ । यो सुचना प्रकाशित भएको समयअवधि भित्र पनि नयाँ युवा समुह दर्ता गर्न सकिने छ ।

३. सम्बन्धित निकायमा संस्था दर्ता भएको प्रमाणको प्रतिलिपी यदि पहिला नै दर्ता भएको संस्था भए नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ।

४. निवेदनका साथमा ५ वर्षे व्यवासायिक कार्ययोजना ९द्यगकष्लभकक एबिल० पेश गर्नु पर्ने छ । व्यवसायिक उद्यम, कृषि, बन, पशु पन्छी, विज्ञान, सुचना प्रविधि, संचार कला, सांस्कृति पर्यटन प्रवद्र्धन, निर्माण आदि स्थानिय श्रोत साधन वा आधारित हुनु पर्ने छ ।

५. व्यवसायिक उद्यम गर्ने समुहका सदस्यहरुको नागरिकताको प्रतिलपी ।

६. व्यवासायिक उद्यम संचालन गर्ने समुह वा सदस्यहरुको माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी । –कम्तीमा आधारभुत तह कक्षा ८ उत्तिर्ण गरेको हुनु पर्नेछ । )

७. सम्बन्धित वडा कार्यालयको उक्त वडाका बेरोजगार युवा भएको सिफारिश पत्र ।

८. व्यवासायिक उद्यम संचालन गर्नको लागि निवेदन दिने समुहको बैठकको निर्णयको प्रतिलिपी ।

त्यस्तै युवाहरुको व्यवासायिक शिप विकास गराउनका लागि युवा परिषदले तालिमको व्यवस्था पनि मिलाएको छ । यस आर्थिक वर्षमा युवा परिषदले स्टिल फेबरिकेटर, वेल्डर, ईलेक्ट्रेशियन, व्युटी पार्लर, मोबाईल रिपेयरिङ्ग, सिलाई, कटाई र शैलुन समेत जस्तो तालिमको व्यवस्था मिलाएको जिल्ला युवा कमेटीले जनाएको छ। यस कार्यक्रमको विषयमा थप जानकारी लिन युवा परिषदको वेवसाईट www.nyc.gov.np मा बुझन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै