१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष थापालाई मातृशोक

१३ माघ २०७३, बिहीबार १६:१२

माघ १३, अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापालाई मातृशोक परेको छ ।

हम्शपुर ४ अर्घाखाँची निवासी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य समेत रहनुभएका थापाकी आमा तथा राष्ट्रिय जनमोर्चा्कि सक्रिय सदस्य जाल्पा देवी थापाको गएराती ९१  बर्षको उमेरमा निधन भएपछि उहाँ मातृशोकमा पर्नुभएको हो । 

साबिकको किमडाडा गाविसको गोलखाडामा जन्मिनुभएकी जाल्पा देवि थापाले आफ्नो जिबनको अधिकाम्श समय पार्टी सहयोगमा लगाई सामाजिक परिवर्तनमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

जाल्पा देविको पार्थिब शरीरमा राष्ट्रिय जनमोर्चा राप्ती ( लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले राष्ट्रिय जनमोर्चाको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । उहाँको निधनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका राप्ती लुम्बिनी क्षेतृय उपाध्यक्ष बि.सी.ले जाल्पा देविको निधनले जिल्ला पार्टीलाई मात्र नभइ सिङ्गो पार्टीलाई समेत ठूलो क्षेती पुगेको भन्दै उहाँले राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको प्रसम्शा गर्नुभएको थियो । 

जाल्पा देवी थापालाई रा.ज.मो.नेता सागर के.सी., नेकपा मसाल जिल्ला प्रवक्ता थम्मन के.सी.राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल, जिल्ला उपाध्यक्ष पशुपति ढकाल, जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी., अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य बुद्धि गैरे, डिल बहादुर खत्री, खड्क बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कबिराम खनाल, अखिल छैठौंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई , राष्ट्रिय जनमोर्चा गुल्मिका जिल्ला सदस्य तारा बहादुर जि.सी.साथै हम्शपुर एमालेका प्रतिनिधि लेस बहादुर राउत, माओवादी केन्द्रका प्रतिनिधि चिना राउत र क्रान्तिकारी माओवादीका प्रतिनिधि अशोक थापाले श्रद्धाञ्जली दिनुभएको थियो । शोकसभाको सन्चालन राष्ट्रिय जनमोर्चाका भु.पु. जिल्ला उपाध्यक्ष जङ्ग बहादुर थापाले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै