2026-07-11 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष थापालाई मातृशोक

2017-01-26

माघ १३, अर्घाखाँची । अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष नरेन्द्र बहादुर थापालाई मातृशोक परेको छ ।

हम्शपुर ४ अर्घाखाँची निवासी राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद सदस्य समेत रहनुभएका थापाकी आमा तथा राष्ट्रिय जनमोर्चा्कि सक्रिय सदस्य जाल्पा देवी थापाको गएराती ९१  बर्षको उमेरमा निधन भएपछि उहाँ मातृशोकमा पर्नुभएको हो । 

साबिकको किमडाडा गाविसको गोलखाडामा जन्मिनुभएकी जाल्पा देवि थापाले आफ्नो जिबनको अधिकाम्श समय पार्टी सहयोगमा लगाई सामाजिक परिवर्तनमा महत्त्वपूर्ण सहयोग पुर्याउनु भएको राष्ट्रिय जनमोर्चाले जनाएको छ । 

जाल्पा देविको पार्थिब शरीरमा राष्ट्रिय जनमोर्चा राप्ती ( लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी.ले राष्ट्रिय जनमोर्चाको झन्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । उहाँको निधनमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको श्रद्धाञ्जली शभामा शोक मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका राप्ती लुम्बिनी क्षेतृय उपाध्यक्ष बि.सी.ले जाल्पा देविको निधनले जिल्ला पार्टीलाई मात्र नभइ सिङ्गो पार्टीलाई समेत ठूलो क्षेती पुगेको भन्दै उहाँले राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको प्रसम्शा गर्नुभएको थियो । 

जाल्पा देवी थापालाई रा.ज.मो.नेता सागर के.सी., नेकपा मसाल जिल्ला प्रवक्ता थम्मन के.सी.राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाहकार यमलाल पोख्रेल, जिल्ला उपाध्यक्ष पशुपति ढकाल, जिल्ला सचिव गोपाल पौडेल, अखिल नेपाल किसान संघका केन्द्रिय महासचिव कृष्ण के.सी., अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियन केन्द्रिय कोषाध्यक्ष गोबिन्द बि.सी.राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य बुद्धि गैरे, डिल बहादुर खत्री, खड्क बहादुर थापा, अखिल नेपाल युवक संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कबिराम खनाल, अखिल छैठौंका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराई , राष्ट्रिय जनमोर्चा गुल्मिका जिल्ला सदस्य तारा बहादुर जि.सी.साथै हम्शपुर एमालेका प्रतिनिधि लेस बहादुर राउत, माओवादी केन्द्रका प्रतिनिधि चिना राउत र क्रान्तिकारी माओवादीका प्रतिनिधि अशोक थापाले श्रद्धाञ्जली दिनुभएको थियो । शोकसभाको सन्चालन राष्ट्रिय जनमोर्चाका भु.पु. जिल्ला उपाध्यक्ष जङ्ग बहादुर थापाले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित