सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बता"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

सुशासन कायम गर्न सेवाग्राही चनाखो हुनुपर्ने

१४ माघ २०७३, शुक्रबार ०३:३४

सागर शर्मा/माघ १४, प्युठान । भष्टाचार नियन्त्रण र सुशासन कायम गर्नको लागी सेवा प्रदायक र सेवाग्राही चनाखो भई लाग्नुपर्ने खंलगामा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन । 

बिहिबार सदरमुकाम खंलगामा सम्पन्न एक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले भष्टाचार नियन्त्रण नभए सम्म सुशासन कायम नहुने भएकाले  सुशासन कायम गर्नको लागी सेवाग्राही चनाखो हुनुपर्ने कुरा बताएका हुन ।  

सदाचार, निष्पक्षता, निर्भिकता हाम्रो चाहना, स्वच्छ पारदर्शी जिम्मेवार र भष्टाचार मुक्त राज्य संगठनको स्थापना भन्ने मुल नारा सहित भ्रष्टाचार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुर बाँकेको आयोजनामा सम्पन्न कार्यक्रममा उपस्थीत सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।  

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत ले भष्टाचार के हो ? नेपालमा भष्टाचारको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले हाल सम्म सम्पादन गरेका कार्यहरु,  भष्टाचार निवारणका लागी कार्यालय, संघसंस्था, पत्रकार, नागरिक समाज ले खेल्नुपर्ने भुमिका र भष्टाचारका विषयमा उठेका जिज्ञासा माथी प्रस्तुतीकरण सहित प्युठानमा भष्टाचार सम्बन्धीका उजुरीहरु नआएको भएता पनि भष्टाचार हुदै नभएको भन्न नसकिने कुरा बताउनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आथिथ्यता र स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालको विशेष आथिथ्यतामा सम्पन्न कार्यक्रममा नागरिक समाज, कार्यालय प्रमुख, कानुन व्यासायी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागीको तर्फबाट उठेका जिज्ञासाहरुलाई प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरका कार्यालय प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायत ले  सम्बोधन गर्नुभएको थियो । उक्त कार्यक्रमको समन्वय जिल्ला प्रशासन कार्यालय प्युठानले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै