र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा व"/>
2026-09-19 08:43 PM
पर्बत - PBT

होमस्टे गाउँका महिलालाई तीन दिने बाख्रापालन तालिम

र्वत । जिल्लाको पर्यटकीय क्षेत्र तथा पछिल्लो समयमा होमस्टेको गाउँका रुपमा चिनिएको चित्रेमा गरिब तथा विभिन्न महिलाहरुलाई लक्षित गरी शीप तथा व्यवसायिक तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालय पर्वतको आयोजना र जिल्ला पशु सेवा कार्यालय पर्वतको  प्राविधिक सहयोगमा तीन दिने बाख्रापालन सम्बन्धी गाउँ स्तरीय तालिम शुरु भएको हो । 

महिलाहरुलाई आर्थिक आयआर्जनमा सबल बनाउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबिालका कार्यालय पर्वतकी प्रंमुख तारादेवि सुनुवारले बताइन । उनले गरिब तथा विपन्न परिवारका महिलाहरुलाई लक्षित गरी बाख्रापालन सम्बन्धी तालिम दिनु र उनीहरुलाई आर्थिक रुपमा सबल बनाउनुनै  कार्यक्रमको उदेश्य रहेको बताईन । 

उनले कार्यक्रममा सहभागी महिलाहरुलाई बाख्रापालन अभ्यासका लागि प्रति सहभागी तीन हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने जानकारी गराईन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि र आयआर्यन बृद्धि गराउनको लागि बाख्रापालन सम्बन्धी तालिमको आयोजना गरिएको र सोही अभ्यासका लागि उक्त रकम सहयोग गर्ने भन्दै सुनुवारले उक्त रकममो दुरुपयोग नगर्नको लागि आग्रह गरिन् । 

कार्यक्रममा महिला मानवअधिकारीकर्मी सरस्वती शर्मा जिज्ञासुले महिलाहरुलाई यस्तै तालिम र गोष्ठिबाटनै अगाडि बढ्न र आयआर्जन गर्नको लागि मद्दत पुग्ने बताइन । उनले महिलाहरु भान्छामा मात्रै समिति नभई अब नेतृत्व लिने सक्ने हुनुपर्ने भन्दै त्यसको लागि पनि एक हुन आग्रह गरिन् । 

महिला विकास कार्यक्रम र उदेश्यका साथै महिला विकासका कार्यक्रमको संरचनाका बारेमा महिला तथा बालबालिका कार्यालय प्रमुख तारा सुनुवार र पशुको रोग र उपचारका साथै समधानको बारेमा जिल्ला पशु सेवा कार्यालय पर्वतमा पशु चिकित्सक विमल प्रसदा शर्माले प्रशिक्षण दिएका थिए । 

पञ्चकोशी महिला विकास वडा समितिका गरिब तथा  विपन्न महिलाहरुलाई उक्त तालिम दिइएको हो । तालिममा २० जना महिलाहरुको सहभागीता रहेको थियो ।


महिला तथा बालबालिका कार्यालय प्रमुख सुनुवारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक तथा समाजसेवी सुशिला देवी गुरुङ र संचालन  सहायक महिला विकास निरिक्षक रिता थापाले गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो