१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा ८८ जना नयाँ कुष्ठरोगी भेटिए

१४ माघ २०७३, शुक्रबार ०६:३७

माघ १४, बर्दिया । कुष्ठरोग निवारण अभियानअन्तर्गत माघ १० गतेदेखि हालसम्म बर्दियामा ८८ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् ।

कुष्ठरोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा बिहीबारसम्म ८८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका कुष्ठरोग कार्यक्रमका फोकल पर्सन जीवन रजौरेले जानकारी दिनुभयो । 

८८ जनामध्ये २२ जनामा एमबी र ६६ जनामा पिबी देखिएको छ । पिबी भन्नाले कुष्ठरोगको जीवाणु अत्यधिक रहेकोलाई जनाउँछ । तीमध्ये सातजना बालबालिका रहेका छन् । बालबालिकामा एकमा एमवी र ६ जनामा पिबी देखिएको छ । 

दोस्रो दिनसम्म ३३ जना नयाँ कुष्ठरोगका बिरामी रहेपनि दिनहुँ कुष्ठरोगका बिरामी बढिरहेका छन् । कुष्ठरोगीको सङ्ख्या बढेपछि निवारणका लागि बाँके र बर्दियामा माघ १० देखि पाँचदिने अभियान सुरु भएको हो । बाँके सबैभन्दा धेरै कुष्ठरोगी भएको जिल्ला हो । धनुषा र बर्दियामा पनि धेरै कुष्ठरोगी छन् । सरकारले सन् २०२० सम्म ७५ वटै जिल्लाबाट कुष्ठरोग निवारण गर्ने उद्देश्यले बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोज्न सुरु गरेको हो । 

कुष्ठरोग निवारण अभियानअन्तर्गत घरदैलो कार्य खोजपड्ताल कार्यक्रमलाई प्राथमिकता दिइएको छ । माघ १० देखि १४ गतेसम्म खोजी अभियान जारी रहने भएपनि कुष्ठरोगका नयाँ बिरामी फेला परेपछि कुष्ठरोग निवारणका लागि अभियान थालिएको खोजपड्ताल कार्यक्रम केही दिन अझै लम्बिने बताईएको छ । 

कुष्ठरोगी सबैभन्दा बढी भएको बाँके र तेस्रो नम्बरमा रहेको बर्दियाबाट उपचारमा नआएका कुष्ठरोगीको खोजी सोमबारदेखि सुरु भएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै