१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आयोजना मर्मत नहुँदा खानेपानीबाट वञ्चित

१४ माघ २०७३, शुक्रबार ०६:४३

माघ १४, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्तिपुर खानेपानी आयोजनाको मुहान बगेपछि उपभोक्ता शुद्ध पेयजल पिउनबाट वञ्चित रहेका छन् । 

एक वर्षअघि खोलामा आएको बाढीले आयोजनाको मुहान नै बगाई दिएपछि मर्मत रकमको अभावमा खानेपानी आयोजना सञ्चालनमा आउन नसकेको हो । लाखौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएको आयोजना मर्मत रकमको अभावमा सञ्चालनमा नआएपछि सर्वसाधारण ह्यान्डपम्पको पानी पिउन बाध्य भएका छन् । 

“ह्यान्डपम्पबाट आर्सनिक र आइरन मिसिएको पानी आउने भएकाले खानेपानीको अर्को विकल्प नहँुदा स्वास्थ्यलाई जोखिममा पार्दै यस्तो पानीको प्रयोग गर्न बाध्य छौँ”, स्थानीयवासी कृष्णप्रसाद पन्तले भन्नुभयो । खानेपानी आयोजना सञ्चालन भएको एक बर्ष नपुग्दै पानी आउन बन्द भएपछि उपभोक्ता निकै मर्कामा परेको उहाँले बताउनुभयो । 

आयोजनाको मुहान मर्मत गर्न र पाइपको मर्मतसम्भारको कार्य गर्नका लागि बजेट नहुँदा कार्यअगाडि बढाउन नसकिएको उपभोक्ता समितिका उपाध्यक्ष चन्द्रदेव भट्टले बताउनुभयो । 

“बजेटको व्यवस्था हुने बित्तिकै मर्मतको कार्य सुरु गरी आयोजना सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो । खानेपानी आयोजनाले उपभोक्ताका लागि शुद्ध पेयजल पिउनका लागि निर्माण गरेका ५७ धारामध्ये केही क्षतिग्रस्त अवस्थामा समेत रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै