ललित बोहरा । माघ १४ डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ । केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा । माघ १४ डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ । केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

मापदण्ड अनुरुप मासु बिक्रि गर्न डडेल्धुराका मासु व्यवसायीलाई कडा निर्देशन

१४ माघ २०७३, शुक्रबार ०७:३२

ललित बोहरा/माघ १४, डडेल्धुरा ।  डडेल्धुरा जिल्ला सदरमुकाममा अव्यवस्थीत रुपमा सञ्चालनमा रहेका मासुपसल व्यवसायीहरुलाई सम्बन्धीत स्थानीय निकायले स्वच्छ मासु बिक्री गर्न कडा निर्देशन दिएको छ ।

केही दिन अगाडीमात्रै ‘जिल्ला सदरमुकाममा मापदण्ड बिपरित मासुपसल सञ्चालनमा’ भन्ने समाचार रेडियो तथा पत्रपत्रिकाहरुमा आएपछि सम्बन्धित निकायको ध्यान यसतर्फ गएको हो । बिहीबार मासु व्यवसायीहरु र सरोकारवालाहरु बीच भएको अन्र्तक्रिया कार्यक्रममा यसबारे बिशेष छलफल भएको हो ।

अमरगढी नगरपालीका, जिल्ला पशु सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कार्यक्रम मार्फत ब्यबसायीहरुलाई कडा निर्देशन दिएका हुन । कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक करुणाकर अबस्थीले धेरै पटक अनुगमन गरी अव्यवस्थीत पसल भएकाहरुलाई ब्यबस्थीत बनाउन सुझाव दिएको बताउनु भएको थियो । आगामी दिनमा हुने अनुगमनमा यस्ता अव्यवस्थीत तथा मापदण्ड बिपरीत मासु पसल सञ्चालीत भएको देखिएमा तुरुन्तै कारवाही प्रक्रिया अगाडी बढाउने उहाको भनाई छ । ‘

अनुगमनको क्रममा मैले अव्यवस्थीत मासु पसल भएकाहरुलाई पटक–पटक ब्यबस्थीत बनाउन आग्रह गरेको थिए, त्यो कार्यान्वयनमा आएन ।’ उनले भने । ‘आगामी दिनमा गरिने अनुगमनमा यस्ता अव्यवस्थीत तथा मापदण्ड बिपरीत मासु पसल सञ्चालीत भएको देखेमा सिधै कार्वाही गरिन्छ ।’

यस्तै कार्यक्रममा जिल्ला पशु सेवा कार्यालय डडेल्धुराका सुचना अधिकारी खडक साहले स्वच्छ मासु बिक्री गर्ने पसलहरुलाई जिल्ला पशु सेवा कार्यालयले जुन सुकै सहयोग गर्न पनि रहेको बताउनु भयो । तर अन्र्तक्रिया कार्यक्रममा सहभागी अधिकांस मासु व्यवसायीहरुले आफुहरुले स्वच्छ र सफा मासु नै बिक्री बितरण गरीरहेको बताउदै ग्राहकहरुले फ्रिजिङ् मासु नरुचाउने बताएका थिए । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले आयोजना गरेको कार्यक्रममा (जोनोटीक) पशुबाट मान्छेमा सर्ने रोगहरुको बारेमा समेत जानकारी गराइएको थियो ।

अन्र्तक्रिया कार्यक्रममा अमरगढी नगरपालीका कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, घरेलु कार्यालय डडेल्धुरा लगायतका प्रमुख तथा प्रतिधीनीहरु र जिल्ला सदमुकामस्थीत मासु व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो