सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अ"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान प्रशासनमा सिसि क्यामेरा जडान

१४ माघ २०७३, शुक्रबार १०:२३

सागर शर्मा/माघ १४, प्युठान । जिल्ला प्रशासन कार्यालयका विभिन्न फाँटमा सिसि क्यामेरा जडान गरिएको छ । 

कामको सिलसिलामा हुनसक्ने ढिलासुस्ती लापरबाही या अनियमितालाई रोकेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिने उदेश्यले जिल्ला प्रशासन कार्यालय प्युठानले सिसि क्यामेरा जडान गरेको हो ।

सिसि क्यामेरा जडान भएपछि प्रमुख जिल्ला अधिकारीले आफ्नो कक्षमा बसेर फाँटका गतिविधि नियाल्न सक्ने छन। गृह मन्त्रालयको १ लाख ५० हजार रुपैयाँको लागतमा जिल्ला प्रशासन कार्यालयमा सिसि क्यामरा जडान गरिएको हो । 

कार्यालयमा जडान भएको ८ वटा सिसि क्यामराबाट प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राखिएको सिसिटिभी स्क्रीन मार्फत् कार्यालयका  गतिविधि निगरानी हुने वताइएको छ ।

सेवाग्राहीको बढी चाप हुने मुद्धाफाँट, नागरिकता फाँट, राहदानी फाँट, सेवाग्राही प्रतिक्षालय र प्रवेशद्वारलाई लक्षित गरी  क्यामरा राखिएका छन् । 

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रशासनिक काम कारबाही प्रभावकारी बनाउने उद्देश्यले कार्यालयको मुलगेटदेखि कर्मचारीको कार्यकक्षसम्म सिसि क्यामरा जडान गरेपछि कर्मचारीहरुले प्रभावकारी काम गर्न थालेको वताए ।

सिसि क्यामेराको जडान पश्चात् विभिन्न कक्षका सेवाहरु सिधै अनुगमन गर्न सहज भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मध्य जिल्ला प्रशासनले पहिलो पट्क कार्यालयमा बिधुतिय उपकरण जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै