2026-09-19 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासी ओद्योगिक मेलाको कारोबार करिब २ करोड, दर्शकको संख्या बढदो

फागुन ५, नवलपरासी ।
नवलपरासीको सुनवलमा आयोजित पश्चिमाञ्चल स्तरीय दोश्रो औधोगिक व्यापार मेलाको अहिलेसम्मको कुल कारोबार
करिब २ करोड भएको छ । उद्योग बाणिज्य संघ नवलपरासीले गत माघ २९ गतेदेखि आयोजना गरेको यस औद्योगिक व्यपार
मेलामा टिकट, कपडा लत्ता, ईलेक्ट्रोनिक्स, जुत्ता,चप्पल, फर्निचर, मोटरसाईकल, सवारी साधनलगायतका
सामानहरुबाट अहिलेसम्मको कुल करिब २ करोड आर्थिक कारोबार भएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेश
कुमार गुप्तले बताउनु भयो ।

जिल्लामा मेलाको रौनक बढदै गएपछि
दिनहुँ दर्शकहरुको संख्यामा पनि वृद्धि हुदै गएको छ । मेलामा मंगलबार ९ हजार ५ सय दर्शकहरुले मेला
अवलोकन गरेका थिए भने मंगलबार मात्र आर्थिक कारोबार ४४ लाख भएको कोषाध्यक्ष गुप्तले बताउनु भयो

मेलामा कृषि, पर्यटन, उद्योग, व्यपार प्रर्वद्धन एवं सूचना
प्रविधिको बृहत प्रर्दशनी रहेको छ । प्रर्दशनीमा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला,
घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, औषधी जन्य सामाग्री,
सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका
स्टलहरु राखिएको छ । मेलामा ३०० भन्दा बढी स्टल रहेका छन् । मेलाबाट सात करोडको कारोबार हुने संघले
अपेक्षा गरेको संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

मेलामा आउने दर्शहरुलाई बिभिन्न धार्मीक तथा पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिने
उद्देश्यले मेलाको मुख्य आर्कषणको रुपमा रामग्राम स्तुपाको स्ट्याचुलाई राखिएको छ । भने गौतम बुद्धको
अष्ट धातु रहेको स्तुपाको स्ट्याचु मेलाको प्रवेशद्धारमा राखिएको छ । मेलामा जिल्ला विभिन्न पर्यटकय
क्षेत्र एवं धार्मिक स्थलहरुको वृत्तचित्र (डकुमेन्ट्री) मार्फत जिल्लाको पर्यटकिय क्षेत्रको पहिचान
गराउने कार्य भैरहेको छ जसमा अन्तराष्टिय स्तरको पर्यटन क्षेत्र बनाउन सकिने रामग्राम स्तुप प्राचिन
कोलिय गण्राज्यको राजधानी तथा बुद्धको मावली पन्डितपुर देवदह, मदारबाबा र गजेन्द्र मोक्ष्धाम तथा
बालमिकी आश्रम रहेको प्रचार प्रसार सतिका संयोजक श्रीधर बस्यालले बताए । उनका अनुसार पर्यपर्यटनको
क्षेत्रलाई पनि वृत्तचित्रमा समेटिएको छ ।

– हुसैन
अंसारी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई