मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।"/>
2026-09-19 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लाग्ने माघे औंसीको मेला र त्रिवेणि धामको महत्व

मोहम्मद ईजहार शेष/माघ १५ , नवलपरासी ।  माघे औसिको अवसरमा एतिहासिक एवं धार्मिक पर्यटकीय स्थल नवलपरासीको त्रिवेणी धाममा लाग्ने त्रिवेणी धाम मेला आज सकिएको छ ।

सोना, नारायणी र तपसा नदीको संगमस्थलमा प्रसिद्ध त्रिवेणी धाममा  बर्षौदेखि माघि औंसिको अवसरमा विशाल धार्मिक मेला लाग्ने गरेको छ ।

त्रिवेणि गाविसको त्रिवेणिमा पर्ने त्रिवेणि धामको कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम रहेको ग्रन्थहरुमा उल्लेख छ । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत्खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचाहरू छन् ।

यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण रहेकाले बाह्य तथा आन्त्रिक पर्यटनहरुको राम्रो केन्द्र बन्दै गएको छ भने माघि औंसीको अवसरमा भब्य मेला लाग्ने गरेको छ ।

मेला भर्न जादा त्रिवेणि नदिमा स्नान गर्नाले रोग ब्यधि निको हुने र चिताएको मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

त्रिवेणि धाम मेला ब्यवस्थापन मुल समितिको आयोजनामा लाग्ने मेलामा ५ लाख भन्दा बढि दर्शनार्थिहरु दर्शन गर्ने गरेकोे समितिका अध्यक्ष एंव त्रिवेणि गाविसका सचिव बेलप्रसाद भण्डारीले बताउनु भयो ।

स्नान, पितृतर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई नै लिने गरिएको छ भने कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा मेलाहरु समेत लाग्ने गरेको छ ।

भारतको बिहार राज्यको बालमीकी नगर नजिक रहेको त्रिवेणि धाम मेलामा नेपालका भन्दा भारततिरका श्रद्धालुहरूको ज्यादा घुइँचो हुने गर्दछ । स्वर्गबाट देवता र अप्सराहरूसमेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ ।त्रिवेणी धामको ख्याति जनक वंशदेखि चलेको मानिन्छ । तसर्थ यस स्थानको महिमा राम–सीता तथा रामका गुरु वाल्मीकिसँग पनि गाँसिएको छ । 

नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व रहेको हो । नारायणी नदीमा शालिग्राम नदीका रूपमा रहेको कालीगण्डकी मिसिने र शालिग्राम विष्णुको प्रतिरूप मानिने हुँदा त्रिवेणी धाम वैष्णव तीर्थका रूपमा पनि प्रसिद्ध छ । नजिकै वाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाट लगायतका अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व बढेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा