२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका बिमल घर्ती र अमृत चौधरीका गाउँबासीमा खुसीयाली

५ फाल्गुन २०७२, बुधबार १२:२३

फागुन ५, नवलपरासी । नेपाल भारतमा भएको दक्षिण एशियाली खेल
सागमा फुटवलतर्फ च्याम्पियन भएपछि नवलपरासी सहित देशैभर तथा विदेशमा रहेका नेपालीहरुमा समेत खुसीयाली
छाएको छ । नेपालले भारतसंगको खेलमा उत्कृष्ट प्रर्दशन गर्दै स्वर्ण पदक जितेपछि बर्दघाटमा रहेका बिमल
घर्ती र अमृत चौधरीका परिवारमा पनि खुसीको सिमा छैन । बिमल घर्तीको घर बर्दघाटको पञ्चनगरवासी र चौधरीको
घर बेताहानी वासीमा समेत खुसीयाली छाएको हो ।

अखिल नेपाल फुटवल संघ (एन्फा) नवलपरासीका अध्यक्ष
प्रकाश पंगेनीले राष्ट्रिय फुटवल टिममा रहेका दुई जना खेलाडीको घर बर्दघाटमा रहेको स्मरण गर्दै फुटवलमा
नवलपरासीको महत्वपुर्ण भुमिका रहेको र फुटवलले नेपाली नागरिकलाई खुसी दिएको बताउनुभएको छ ।
बिमल घर्ती
संगै बर्दघाटमा अमृत चौधरी पनि राष्ट्रिय फुटवल टिमका गोलकिपर रहेका छन् ।
bimal gharti and amrit chaudhari - nawalparasi
football playerत्यस्तै गोलकिपर अमृत चौधरीकी आमा सबित्री चौधरीले
छोराको प्रगतिबाट आफु खुसी रहेको उल्लेख गर्नुभएको छ ।
त्यस्तै घर्ती र चौधरीका गाउका गाउवासीहरु समेत
फुटवलले नेपालीलाई खुसी दिएको भन्दै आफुहरु खुसी भएको बताएका छन् । फुटवलमा आफुहरुले २ जना राष्ट्रिय
खेलाडी दिएको भन्दै त्यसबाट बर्दघाट मात्र नभएर सिंगो राष्ट्रकै शिर उचो भएका बर्दघाट नगरपालिकाका
बासिन्दाको भनाई छ ।

त्यस्तै यु १९ विश्वकपका उत्कृष्ट ११ खेलाडीको सूचीमा नवलपरासी रजहरका सन्दिप
लामिछाने छानिएकोमा खेलपे्रमीहरुमा खुसी छाएको छ । विश्व क्रिकेट परिषद आइसिसिले मंगलबार तयार गरेको
‘फ्युचर स्टार्स’को सूचीमा नेपाली बलर सन्दिपले सो स्थान पाएका थिए । लामिछाने देवचुलस् उच्च मावि
रजहरका बिद्यार्थी समेत रहेका छन् ।

 

– रवि पाण्डे बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली