१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सल्लाको वनमा अनधिकृत फँडानी बढ्यो

१५ माघ २०७३, शनिबार ०२:५६

माघ १५, डोटी । डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ । 

सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । 

लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । 

स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहिले वनमा छरपस्ट रुपमा काठका गोलिया भेटिन्छन् । काठ कटानी चल्दै गर्दा स–साना बोटबिरुवामा पनि ठूलो मात्रामा क्षति पुगिरहेको छ । काटिएकामा काँचा रुख पनि समावेश छन् । कटानीका क्रममा वैधानिक मापदण्डको समेत उल्लङ्घन गरिएको छ । 

ती सामुदायिक वनमा पुरानो अनुमतिका आधारमा काठ कटानी चलिरहेको बुझिएको छ । निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहेको उपभोक्ताले स्वीकार गरेका छन् । 

ती चार वटा सामुदायिक वनसहित इलाका वन कार्यालय जोरायलले गत आवको वैशाखमा घन्टेश्वर र छतिवन गाविसका ११ वटा सामुदायिक वनलाई सल्लाको काठको कटानी सहमति प्रदान गरेको थियो । सोही सहमतिका आधारमा एक महिनाभित्र सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो । सोही अनुसार इलाका वन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको ‘कटान रजिस्टर’ पेस भएको छ । 

ती चार सामुदायिक वनले अनुमति मुताबिक काठ नकाटिसकेको बताएका छन् । मालिका सामुदायिक वनका अध्यक्ष हर्कबहादुर रावलले जेठ १५ गतेसम्ममा आफूले सहमतिमा पाएको चार हजार १६७ दशमलव ०५ क्युफिट काठमध्ये दुई हजार १०० क्युफिट काठ मात्रै काट्न सकिएको बताउनुभयो । बाँकी काठ अहिले काटिएको उहाँले स्वीकार गर्नुभयो । बाँकी तीन सामुदायिक वनको अवस्था पनि त्यस्तै छ । 

तर, ‘सामुदायिक वनको काठ÷दाउरा सङ्कलन तथा बिक्री वितरण निर्देशिका २०७१’ मा तोकिएको समयमा काठ काट्न नसकिए सहमति प्रदान गर्ने वनको निकायमा थप समय माग गर्नुपर्ने व्यवस्था छ । तर, इलाका वन कार्यालय जोरायल र जिल्ला वन कार्यालय डोटीले भने चालु आवमा कुनै पनि थप समय वा सहमति प्रदान नगरेको जनाएको छ । यस अर्थमा नयाँ भइरहेको कटान प्रक्रिया अवैधानिक देखिन्छ । 

मालिका सामुदायिक वनका अध्यक्ष रावलले भने मौखिक रुपमा वन कर्मचारीसँग अनुमति मागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वनपाले नरबहादुर साहुलाई फोनमार्फत कुरा गर्दा काट्दा केही फरक नपर्ने भन्नुभएको थियो ।” 

सिद्धबाबाका अध्यक्ष रोकामगरले आफूले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेको सहमति छँदैथियो । त्यसैअनुसार काटेका हौँ ।” 

इलाका वन कार्यालय जोरायलका इन्चार्ज सच्चिदानन्द सिंहले काटिएको काठ सङ्कलनका लागि मौखिक जानकारी आएको तर, काठ काट्न थप समय कसैले नमागेको बताउनुहुन्छ । “मौखिक रुपमा गत आवमा सहमति दिइएपछि काटिएको काठ घाटगद्दीसम्म पु¥याउनका लागि जानकारी आएको थियो । त्यसका लागि कुनै व्यवस्था थिएन । मौखिक रुपमै सहमति दियौँ,” उहाँले भन्नुभयो, “मलाई जानकारीमा आएअनुसार उतिबेलाको सहमतिअनुसारको काठ उतिबेलै काटिएको थियो । त्यो प्रतिवेदन अनुसार थप काट्ने समय आवश्यक नै थिएन ।” 

शुक्रबार जिल्ला वन अधिकृत कार्कीसहितको टोली फँडानी क्षेत्रतर्फ गएको छ । स्थलगत अध्ययनपछि दोषी भेटिएकालाई कारबाहीको दायरामा ल्याइने जिल्ला वन अधिकृत कार्कीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै