२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा सल्लाको वनमा अनधिकृत फँडानी बढ्यो

२०७३, १५ माघ शनिबार ०२:५६

माघ १५, डोटी । डोटीको जोरायल क्षेत्रमा सल्लाको वनमा व्यापक फँडानी भइरहेको छ । 

सो क्षेत्रका चार वटा सामुदायिक वनका सल्ला अवैधरुपमा धमाधम काटिइँदै छन् । यो काममा उपभोक्ता, ठेकेदार र वन कर्मचारीको मिलोमतो देखिएको छ । 

लक्ष्मीनगर गाविसका मालिका सामुदायिक वन, मसानी सामुदायिक वन, सिद्धबाबा सामुदायिक वन र परिवर्तन सामुदायिक वनमा फँडानी भइरहेको हो । 

स्थलगत रुपमा धमाधम रुख काट्ने र गोलिया पार्ने काम भइरहेको छ । अहिले वनमा छरपस्ट रुपमा काठका गोलिया भेटिन्छन् । काठ कटानी चल्दै गर्दा स–साना बोटबिरुवामा पनि ठूलो मात्रामा क्षति पुगिरहेको छ । काटिएकामा काँचा रुख पनि समावेश छन् । कटानीका क्रममा वैधानिक मापदण्डको समेत उल्लङ्घन गरिएको छ । 

ती सामुदायिक वनमा पुरानो अनुमतिका आधारमा काठ कटानी चलिरहेको बुझिएको छ । निर्धारित समयमा नकाटिएको काठ अहिले काटिरहेको उपभोक्ताले स्वीकार गरेका छन् । 

ती चार वटा सामुदायिक वनसहित इलाका वन कार्यालय जोरायलले गत आवको वैशाखमा घन्टेश्वर र छतिवन गाविसका ११ वटा सामुदायिक वनलाई सल्लाको काठको कटानी सहमति प्रदान गरेको थियो । सोही सहमतिका आधारमा एक महिनाभित्र सबै काठ काटेर गोलिया पारिसक्नुपर्ने थियो । सोही अनुसार इलाका वन कार्यालय जोरायलमा निर्धारित समयमै काठ काटिएको ‘कटान रजिस्टर’ पेस भएको छ । 

ती चार सामुदायिक वनले अनुमति मुताबिक काठ नकाटिसकेको बताएका छन् । मालिका सामुदायिक वनका अध्यक्ष हर्कबहादुर रावलले जेठ १५ गतेसम्ममा आफूले सहमतिमा पाएको चार हजार १६७ दशमलव ०५ क्युफिट काठमध्ये दुई हजार १०० क्युफिट काठ मात्रै काट्न सकिएको बताउनुभयो । बाँकी काठ अहिले काटिएको उहाँले स्वीकार गर्नुभयो । बाँकी तीन सामुदायिक वनको अवस्था पनि त्यस्तै छ । 

तर, ‘सामुदायिक वनको काठ÷दाउरा सङ्कलन तथा बिक्री वितरण निर्देशिका २०७१’ मा तोकिएको समयमा काठ काट्न नसकिए सहमति प्रदान गर्ने वनको निकायमा थप समय माग गर्नुपर्ने व्यवस्था छ । तर, इलाका वन कार्यालय जोरायल र जिल्ला वन कार्यालय डोटीले भने चालु आवमा कुनै पनि थप समय वा सहमति प्रदान नगरेको जनाएको छ । यस अर्थमा नयाँ भइरहेको कटान प्रक्रिया अवैधानिक देखिन्छ । 

मालिका सामुदायिक वनका अध्यक्ष रावलले भने मौखिक रुपमा वन कर्मचारीसँग अनुमति मागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वनपाले नरबहादुर साहुलाई फोनमार्फत कुरा गर्दा काट्दा केही फरक नपर्ने भन्नुभएको थियो ।” 

सिद्धबाबाका अध्यक्ष रोकामगरले आफूले म्याद थपका लागि कसैलाई पनि जानकारी नगराएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलेको सहमति छँदैथियो । त्यसैअनुसार काटेका हौँ ।” 

इलाका वन कार्यालय जोरायलका इन्चार्ज सच्चिदानन्द सिंहले काटिएको काठ सङ्कलनका लागि मौखिक जानकारी आएको तर, काठ काट्न थप समय कसैले नमागेको बताउनुहुन्छ । “मौखिक रुपमा गत आवमा सहमति दिइएपछि काटिएको काठ घाटगद्दीसम्म पु¥याउनका लागि जानकारी आएको थियो । त्यसका लागि कुनै व्यवस्था थिएन । मौखिक रुपमै सहमति दियौँ,” उहाँले भन्नुभयो, “मलाई जानकारीमा आएअनुसार उतिबेलाको सहमतिअनुसारको काठ उतिबेलै काटिएको थियो । त्यो प्रतिवेदन अनुसार थप काट्ने समय आवश्यक नै थिएन ।” 

शुक्रबार जिल्ला वन अधिकृत कार्कीसहितको टोली फँडानी क्षेत्रतर्फ गएको छ । स्थलगत अध्ययनपछि दोषी भेटिएकालाई कारबाहीको दायरामा ल्याइने जिल्ला वन अधिकृत कार्कीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह