2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

धनकुटाको तीन औषधि पसलमा सिल

माघ १५, धनकुटा । पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो । 

पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर भ्रममा पार्ने गरिएको र अनुमति बिना भिडियो एक्सरे र प्रयोगशाला सञ्चालन गर्ने गरिएको पाइएपछि सिल लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सोमप्रसाद भट्टराईले बताउनुभयो । 

यसैगरी अनुगमन टोलीले नगरक्षेत्रमा सञ्चालनमा रहेका दुई एग्रोभेटसमेत बन्द गरिदिएको छ । एग्रोभेट सञ्चालक जिल्ला पशुसेवा कार्यालय धनकुटामा कार्यरत राजकुमार राई र पाख्रिबास निवासी राम निरौलाले अनुमति नलिई औषधि पसल सञ्चालन गरेको र पसलमा अदक्ष मानिस राखी पशुपक्षीको औषधि र विषादी बेचबिखन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ । 

पाख्रिबासकै एक किराना पसलमा मदिराजन्य र सूर्तीजन्य पदार्थ खुलेआम बेचबिखन गरेको र कतिपय म्याद नाघेका सामग्री पनि बेच्न राखेको भेटिएपछि अनुगमन टोलीले त्यसमा पनि सिल लगाई बन्द गरिदिएको छ 

अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, सुरक्षा निकाय, सम्बन्धित क्षेत्रका विज्ञ र उपभोक्ता सङ्घलगायतको प्रतिनिधि रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई