२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

२०७३, १५ माघ शनिबार ११:२२

माघ १५, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा गैँडाको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । 

रत्ननगर नगरपालिका– १९ स्थित जनकौली वनमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आज दिउँसो करिब १:३० बजे स्थानीय सामुदायिक वनभित्र गैँडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिनुभयो । 

अहिले जङ्गलमा शवको मुचुलका उठाउन प्रहरी टोली जङ्गल पुगेको उहाँले बताउनुभयो । पाँच जनाको समूहमा घाँस काट्न गएका बेला उक्त घटना भएको र एकजना सामान्य घाइते भए पनि अरु सकुशल रहेको स्थानीयवासी शीरलाल परियारले जानकारी दिनुभयो । 

चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ । अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुई जनाको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा