पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक प"/>
2026-09-20 01:58 AM
पर्बत - PBT

ऊट, अस्ट्रिच र चौरी खै ?

पर्वत । पाँचौ पर्वत महोत्सवमा ऊट, अस्ट्रिच र चौरीको प्रदर्शनी गर्ने बताएको आयोजकले हल्लामात्रै फिजाएको बुझिएको छ । महोत्सवमा अस्ट्रिच, ऊट र चौरी ल्याउनको लागि भनिएको व्यक्ति पुत्र शोकमा परेको  र ल्याउन नसकिएको भन्दै आयोजक पन्छिएको छ । त्यस्तै महोत्सवमा प्याराग्लाइडिङ को पनि व्यापक प्रचार भएता पनि प्याराग्लाइडिङ भने नहुने देखिएको छ । अर्को आकर्षणका रुपमा रहेको जलयात्रा अर्थात् ¥याफ्टिङको लागि पनि खासै दर्शकले चाँसो देखाएको पाइदैन । जलयात्राको लागि ८ सयको दररेट तोकि राखिएता पनि हालसम्म कुनै पनि टिक ट विक्रि हुन सकेको छैन ।तर आयोजकले १४ वटा टिकट विक्रि भएको दाबी गरेको छ । 

झरीका कारण प्रभावित बनेको पाँचौ पर्वत महोत्सवको तेस्रो दिन शनिबार घमाइलो भएसँगै दर्शकको चहलपहल बढेको थियो । पहिलो दिन विद्युत र दोस्रो दिन झरीले प्रभावित पारेपछि निरास बनेको आयोजक घमाइलो भएसँगै खुसी देखिएता पनि दर्शकको मन मन जित्न सकेन ।


। साँघुरो ठाँउ त्यसमा रमाइलो मेलाको होहल्ला र कलाकाहरुको लोग्नेस्वास्नी खोज्ने गीतका कारण दर्शकहरु वाक्क भएर फर्किन बाध्य भए । महोत्सवमा स्थानीय लोकसाँस्कृति, गुरुङ मगर समुदायका लोकनृत्यको प्रस्तुत गर्ने भनिएता पनि कलाकारहरुले मात्रै दिनभर स्टेच छोडेन् । विहे गर्ने र लमी बन्ने को कोसँग जाने र लाने कलाकारहरुको विहेका कुराले दर्शकको खासै मन भने जित्न सकेन । 

बाजुङ  ९ कोटथोकबाट मेला हेर्नको लागि आएका डिलबहादुर दमाई महोत्सव देखाउने खसी भएको बताए । उनले महोत्सव सोचे अनुसारको नभएको गुनसो गरे ।

महोत्सव परिसर हिलाम्मे र खुट्टा गाडिने थियो, आयोजकले भुस राखेर हिलोलाई हटाउने प्रयास गरेता पनि दर्शकको माग र आवश्यकता र रोजाइलाई भने बुझ्न सकेन । तिलाहार की सिता लामिछानेले महोत्सव सोचे अनुसारको नभएको बताइन । उनले महोत्सवमा रत्यौली र स्थानीय लोकनृत्य हेर्न पाइने सोचका साथ आएता पनि त्यसो नभएको बताइन । उनले कलाकार ल्याएर आयोजकले कलाकारलाई मात्रै पैसा खुवाउने काम गरेको बताईन् । 


देउपुर मखकी तारा गुरुङले आयोजकले टिकट दस्तुर ६० राखेतामा पनि सोही अनुसारको उपलब्धी नभएको गुनासो गरिन उनले टिकटको पैसा बेकारमा खेर गएको बताई ।  झरीले प्रभावित भएको पाँचौ पर्वत महोत्सव अबलोकनकालागि छोराछोरी लिएर शनिबारको मौका छोपी महोत्सवमा आएकाहरु पनि महोत्सवको प्रभावताका बारेमा खासै खुसी भने देखिएनन् ।


शनिबार कलाकार राजन ठकुरी, भूमिका गिरी,प्रकाश सपुत, तुलसा जिसी लगायतका कलाकारहरुले स्टेज लिएका थिए तर दर्शकको मन भने रत्यौली र स्थानिय लोक नृत्यमा बढी देखिन्थ्यो जसका कारण पनि कलाकारहरुले दर्शकको मन जित्न भने खासै सकेनन् ।


त्यस्तै शनिबार पश्चिमाञ्चल स्तरीय भलिबल प्रतियोगिता अन्तरगत फलामखानी र मल्लाज भित्र भएको खेलमा मल्लाज विजयी भएको छ । 


महोत्सवमा लघुउद्यम र स्थानीय उत्पादनको भन्दा पनि बढि विदेशी सामानहरुको विक्रिवितरणका स्टलहरु रहेको पाइन्छ । महोत्सवमा भारतीय र चाइनिज मालसमानको बढी स्टल रहेका छन् । लघु तथा घरेलु उद्यमको भने १५ वटा स्थल रहेको आयोजकले दाबी गरेको छ ।  महोत्सव यहि माघ २२ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो