2026-09-19 09:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लिटिल स्टारद्धारा सहिद दिवसको अवसरमा विविध कार्यक्रम

विमल धामी/माघ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैवाहमा रहेको लिटिल स्टार ईङ्लिस स्कूलले आज सहिद दिवसको अवसर पारेर विभिन्न कार्यक्रमका साथ सहिदहरुको सम्मान र सम्झना गरी मानाएको छ ।

जहानिया राणा शासन, निरङ्कुश पञ्चायती ब्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवन त्यागेका सहिदप्रति सम्मान गर्दै देशभर आईतवार सहिद दिवस मनाईएको छ ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संर्घषमय जीवन र बलिदानको गाथा र सम्मान तथा सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । 

सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्येक वर्ष सहिद दिवस मनाउन थालिएको हो । राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो ।

सहिद दिवसको अवसरमा यस लिटिल स्टार ईङ्लिस स्कूलले पनि बिधि अनुसार सहिद दिवस मनाएको छ । सहिदहरुका तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवकी उपाध्याय, सभापति सुगन्ध सोती, लगायतका अतिथिहरुले माल्यार्पण गरेका थिए । 

कार्यक्रमा बोल्दै अभिभावकहरुले सहिदले देखाएको बाटोमा सबैले लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका सभापती सोतीले कञ्चनपुरको दक्षिणी क्षेत्रमै सहिदहरुको बारेमा कसैले नि नबोल्ने देखे पछि आफुले पहिलो पल्ट आधिकारीक रुपमा यस्तो कार्यक्रम आयोजना गरेको बताए । उनले भने अभिभावक र शिक्षकहरु विचको सम्वन्ध सुमधुर होस् र यसले शान्ति सदभाव फैलाउनमा मदत पुर्याओस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रिन्सपल शंकरराज चिमाडीले भने सहिदहरुको सम्झनामा कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रमले सहिदका सपना पुरा गर्नुमा सबैले जाग्नु पर्ने प्रेरेणा दिएको बताए । उक्त कार्यक्रममा दर्शकहरुलाई मनोरञ्नका साथ उदघोषण हिमेश रेग्मीले गरेका थिए । कार्यक्रमा सास्कृतिक कार्यक्रम, नाटक, कबिता, मुक्तक लागायतका प्रस्तुतीहरु बिद्यार्थीहरुले देखाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई