१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

लिटिल स्टारद्धारा सहिद दिवसको अवसरमा विविध कार्यक्रम

१६ माघ २०७३, आईतवार १०:४९

विमल धामी/माघ १६, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैवाहमा रहेको लिटिल स्टार ईङ्लिस स्कूलले आज सहिद दिवसको अवसर पारेर विभिन्न कार्यक्रमका साथ सहिदहरुको सम्मान र सम्झना गरी मानाएको छ ।

जहानिया राणा शासन, निरङ्कुश पञ्चायती ब्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति र लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जिवन त्यागेका सहिदप्रति सम्मान गर्दै देशभर आईतवार सहिद दिवस मनाईएको छ ।

निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइदै आएको छ । वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संर्घषमय जीवन र बलिदानको गाथा र सम्मान तथा सम्झनामा सहिद दिवस मनाउन थालिएको हो । 

सहिदहरुको सम्झनामा २०१२ साल देखि प्रत्येक वर्ष सहिद दिवस मनाउन थालिएको हो । राणा शासनको विरोध गरेर जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा त्यतिबेलाको राणा सरकारले विक्रम सम्बत् १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्यु दण्ड दिएको थियो ।

सहिद दिवसको अवसरमा यस लिटिल स्टार ईङ्लिस स्कूलले पनि बिधि अनुसार सहिद दिवस मनाएको छ । सहिदहरुका तस्वीरमा माल्यार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवकी उपाध्याय, सभापति सुगन्ध सोती, लगायतका अतिथिहरुले माल्यार्पण गरेका थिए । 

कार्यक्रमा बोल्दै अभिभावकहरुले सहिदले देखाएको बाटोमा सबैले लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमका सभापती सोतीले कञ्चनपुरको दक्षिणी क्षेत्रमै सहिदहरुको बारेमा कसैले नि नबोल्ने देखे पछि आफुले पहिलो पल्ट आधिकारीक रुपमा यस्तो कार्यक्रम आयोजना गरेको बताए । उनले भने अभिभावक र शिक्षकहरु विचको सम्वन्ध सुमधुर होस् र यसले शान्ति सदभाव फैलाउनमा मदत पुर्याओस् भन्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए ।

कार्यक्रममा बोल्दै प्रिन्सपल शंकरराज चिमाडीले भने सहिदहरुको सम्झनामा कार्यक्रम आयोजना गरेको बताए । यो कार्यक्रमले सहिदका सपना पुरा गर्नुमा सबैले जाग्नु पर्ने प्रेरेणा दिएको बताए । उक्त कार्यक्रममा दर्शकहरुलाई मनोरञ्नका साथ उदघोषण हिमेश रेग्मीले गरेका थिए । कार्यक्रमा सास्कृतिक कार्यक्रम, नाटक, कबिता, मुक्तक लागायतका प्रस्तुतीहरु बिद्यार्थीहरुले देखाएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह