२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट उद्योग वणिज्य संघको प्रथम साधारण सभा दाउन्ने पार्टी प्यालेसमा

२०७२, ८ फाल्गुन शनिबार १२:४०

फागुन ८, नवलपरासी । बर्दघाट उद्योग वणिज्य संघको प्रथम साधारण सभा तथा
अधिवेशन शनिबार दाउन्ने पार्टी प्यालेसमा भएको छ । साधारणसभा उद्घाटन सत्रमा बोल्ने अधिकाँश बक्ताहरुले
सामाजिक आर्थिक क्षेत्रका संघस्ंस्थाहरुमा सर्बसम्मत रुपमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका छन् ।
संस्थाको संस्थागत विकास नहुदंै संस्थामा राजनिति हावी हुदाँ संस्थाले आफ्नो उदेश्य अनुरुप काम गर्न
नसक्ने बक्ताहरुको जोड थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय
सदस्य गुणनिधि तिवारीले सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने पारिपाटी विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर थापा र कोषाध्यक्ष धनञ्जय पौडेलले
प्रगति तथा आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । कार्यक्रममा बर्दघाट खानेपानीका अध्यक्ष कमान सिंह
थापा,दिब्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष रुक्मागत ज्ञवाली, बर्दघाट बजार विकास समितिका अध्यक्ष
छबिलाल खरेल चिसापानी सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर बुढालगायतले सामाजिक संघसंस्थामा सर्बसम्मत
नेतृत्व चयन गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा त्रिवेणी सामुदायिक टेलिभिजनका
कार्यकारी निर्देशक रवि पाण्डे इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख श्यामकृष्ण केसीले समेत शुभकामना
ब्यक्त गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ, नेकपा
एमलेका नगर सचिव आनन्द पुरी एकीकृत नेकपा माओवादीका हरिरञ्जन पौडेल, क्रान्तिकारी माओवादीका चुडामणि
भण्डारी राप्रपाका मिलन श्रेष्ठ लगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका
योजना प्रमुख कृष्ण थापा क्षेत्रीले समेत उद्योग बाणिज्य संघको प्रगतिको कामना गर्नुभएको थियो
।कार्यक्रम बर्दघाट उद्योग वणिज्य संघका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षता,यमबहादुर खत्रीको स्वागत
र लेखनाथ न्यौपानेको संचालनमा भएको थियो ।

साधारणसभा
सकिए लगतै बर्दघाट उद्योग बाणिज्य संघका चुनावको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन समितिका
संयोजक रामकृष्ण पौडेलका अनुसार फाुगन ९ गते उम्मेदवारी दर्ता र १० गते निर्वाचन हुने कार्यक्रम रहेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता