माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीह"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बिगतका बर्षहरुको तुलनामा यसबर्ष डडेल्धुरा जिल्लामा कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि

१६ माघ २०७३, आईतवार १४:२८

माघ १६,डडेल्धुरा ।  डडेल्धुरा जिल्लामा पछिल्ला बर्षहरुको तुलनामा यस बर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराद्धारा आइतबार सार्वजनिक तथ्याङ्कका आधारमा पछिल्ला दुई आर्थिक बर्षहरुको तुलनामा यसबर्ष कुष्ठ रोगका बिरामीहरुको संख्यामा बृद्धि भएको हो । गत आर्थिक बर्ष २०७२÷०७३ मा ८ जना कुष्ठ रोगका बिरामीहरु रहेका थिए भने चालु आर्थिक बर्ष २०७३÷०७४ को अहिले सम्ममा ९ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । जसमा गत बर्षको तुलनामा यस बर्ष १ जना बिरामी बढी रहेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका क्षयकुष्ठ सुपरभाइजर सुरज खड्काले जानकारी दिनुभएको छ । आवाज..

खड्काका अनुसार ९ जना कुष्ठ रोगका बिरामीहरु मध्ये ७ जना कुष्ठरोगका धेरै किटाणु भएका बिरामीहरु र २ जना कम किटाणु भएका बिरामीहरु रहेका छन । यस्तै आर्थिक बर्ष २०७१÷०७२ मा १७ जना कुष्ठ रोगका बिरामीहरु रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । बिरामीहरुको संख्यामा बृद्धि हुनुको एकिन कारण भने थाहा हुन नसकेको उहाँले बताउनु भयो । कुष्ठ रोगका बिरामीहरुलाई निःशुल्क औषधि तथा विशेष उपचारको व्यवस्था मिलाइएको जानकारी दिदै नियमित रुपमा औषधि सेवन गर्नेहरुको सङ्ख्या पनि बढ्दै गइरहेको क्षयकुष्ठ सुपरभाइजर खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार कुष्ठरोग लागेका कारण वैवाहिक, रोजगारी, व्यक्तिगत, सामाजिक, धार्मिकलगायतका कार्यमा कुष्ठरोगीलाई समस्या आउने गरेको छ । यो रोगको उपचारका लागि कुष्ठरोगका धेरै किटाणु भएको व्यक्तिले लगातार एक वर्षसम्म रिफामपिसन, ड््याप्सोन र क्लोफाजामिन भन्ने तीन प्रकारको बहुऔषधिको सेवन गर्नुपर्ने उहाँले बताउनुभयो । यसैगरी कुष्ठरोगका थोरै किटाणु भएका व्यक्तिले छ महिनासम्म रिफामपिसन र ड्याप्सोन गरी दुई प्रकारको औषधि सेवन गर्नुपर्ने जनाइएको छ । कुष्ठरोग जुनसुकै उमेरका मानिसमा लाग्ने गरिए पनि विशेष गरी १०–१४ र ३५–४४ वर्ष उमेरका मानिसमा यो रोगको प्रभाव बढी देखिने गरेको क्षयकुष्ठ सुपरभाइजर खड्काले बताउनुभयो ।

यसैबीच ‘समयमानै कुष्ठरोगको उपचार गराँैं, अपाङ्गता हुनबाट बचौं’ भन्ने मूलनाराका साथ डडेल्धुरामा पनि ६४औं विश्व कुष्ठरोग दिवस मनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा पोखरा बजार देखि उग्रतारा स्वास्थ्य चौकी सम्म सचेतनामूलक ¥याली समेत निकालिएको थियो । ¥याली पश्चात उग्रतारा स्वास्थ्य चौकी पोखरामा एक औपचारिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । कार्यक्रममा बिभिन्न सरोकारवाला निकायका प्रमूख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, बिभिन्न क्षेत्रका प्रमूख तथा प्रतिनिधिहरु र स्थानिय नागरिकहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा