पर्वत । पाँचौ पर्वत महोत्सवको चौथो दिनसम्म १६ हजार दर्शकले अबलोकन गरेको आयोजकले बताएको छ । माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव झरी र बर्षाका कारण प्रभावित बनेपछि सोच अनुसारको दर्शक भित्रिन सकेका छैनन । जिल्लाबाहेक अन्यन्त्र जिल्ला बाग्लुङ, म्याग्दी, कास्की सम्मका दर्शक आएको भनिएता पनि दर्शकको संख्या हेर्दा अझै पनि दर्शक महोत्सवमा भित्रिन सकेको देखिदैन ।
महोत्सव आयोजक समितिले महोत्सवमा २ लाख दर्शक भित्राउने र ४ करोडको कारोबार गर्ने दाबी गर्दै आएता पनि महोत्सवको आधा समय वित्दा पनि १० हजार दर्शक भित्रनुको मुख्य कारण के हो कसैले बुझ्न सकेको छैन ।
महोत्सवको दोस्रो दिन झरीका कारण प्रभावित बनेपछि उल्लेखनीय रुपमा दर्शक महोत्सवमा भित्रिन सकेका छैनन् ।
महोत्सव आयोजक समितिले महोत्सवमा अस्ट्रिच, ऊट र चौरी गाई प्रदर्शनी तथा प्याराग्लाइीडङ र ¥याफ्टिङ गर्ने भनिएता पनि अझैसम्म उक्त कार्य हुन सकेको छैन । तर स्थानीय एक साप्ताहिकले आर्थिक संयोजक गोपी अधिकारीको हवला दिएर समाचार छापेको छ । उसले महोत्सवमा ऊट, चौरी र अस्ट्रिच प्रदर्शनीमा राखिएको र दर्शकहरुको उल्लेखनीय भूमिका रहेको बताएको छ । तर अधिकारीले आफूले त्यस्तो कसैलाई पनि जानकारी नदिएको र हालसम्म कुनै पनि जनवारहरु नआएको बताएका छन् ।
महोत्सव स्थल साँघुरो र रमाइलो मेलाको कोलाहलले गर्दा पनि महोत्सवमा खासै दर्शक भित्रिन नसकेको महोत्सवलाई नजिकबाट निहालेकाहरु बताउँछन् ।
आर्थिक संयोजक गोपी अधिकारीका अनुसार टिकट विक्रिमार्फत ६ लाख ५० हजार आर्थिक संकलन भएको जनाएका छन् । उनले झरीले गर्दा पनि महोत्सवलाई असर पारेको तर अका दिनमा भने राम्रो हुने बताए । त्यस्तै महोत्सवमा रहेका १३ होटल व्यवसायीले एकदिन प्रति होटल ५० हजारसम्मको कारोकार गरेको उनको तर्क छ । महोत्सवमा १७० भन्दा बढि स्टल रहेका छन् ।
आज महोत्सवको पाँचौ दिन राष्ट्रिय कलाकार पशुपति शर्मा लगायतका स्थानीय तथा धौलागिरीका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।