माघ १७, भक्तपुर । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । 

अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १७, भक्तपुर । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । 

अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्क"/>

2026-07-11 03:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर अस्पतालमा आइसियु सेवाका लागि पहल गरिने

2017-01-30


माघ १७, भक्तपुर । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । 

अस्पतालका नव नियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आइसियु सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताउनुभयो । 

अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उहाँले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताउनुभयो । 

उहाँलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए । डा केसीले उहाँलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या