२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा

११ फाल्गुन २०७२, मंगलवार १०:४४

फागुन
११, नवलपरासी ।
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी
पुरा भएको बताइएको छ ।

बर्षौदेखि नवलपरासीको कुडिया र रुपौलिया
गाविसमा लाग्दै आएको मदार बाबाको मेलाको उचित व्यवस्थापन तथा तयारी पुरा कुतबुल मदरशाहा कुडिया
नवलपरासीका अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनु भयो । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता
चल्ने छ ।

मदारबाबाको मुख्य स्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको
पहाडी डाँडाँमा रही आएको छ । मदार शाह बाबाले सो ठाउँमा ४० दिन तपस्या गरेपछि सो ठाउँ पवित्र र सृद्धि
प्राप्त ठाउँले परिचत भएको छ । उक्ता डाँडाँमा मदारबाबाको मजार रहेको हुँदा सो ठाउँमा मनोकमना लिएर
पुग्ने जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने विश्वास रही आएको छ ।

धार्मिक एवं ऐतिहासिक
पुरातत्वीक रुपले चिनिने नेपाल भरिमा एउटा मात्र मुस्लिम तथा हिन्दु समुदायको आस्था एवं विस्वासको
केन्द्र बनेको मदार बांबां धार्मिक स्थलमा यस बर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको
धार्मिक स्थल अहिले देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ

पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले मदारबाबाको मजार
पुगी मानिएको मनोकामना पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र
विस्वास रहेको छ ।

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी
देश भारतको उत्तर प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको
पाइएको छ ।

मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय,
बाटोघाटो, शान्ती सुरक्षा, एवं स्वयम्सेवक परिचालन, सरसफाई, अतिथी सत्कार सहित सबै तयारी पुरा भईसकेको
आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली