कृष्ण कँडेल/माघ १७, बागलुङ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रश्तावित बाडिगाड गाउँपालिकको भेला भिमगिठेमा भएको छ ।
भेलामा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय सदस्य रतन मलेपतीले स्थानिय स्रोत साधनको पहिचन र सदुपयोग मार्फत राष्ट्रिय पुजिको निर्माण गर्दै स्वाधिन अर्थतन्त्रको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय उद्योगि व्यापारीहरुलाई संगठित गर्दै उद्योग व्यापारको विस्तार मार्फत रोजगारी सृजना तर्फ लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बागलुङ उद्योग बाँणिज्य संघका सहकोषाध्यक्ष अर्जुन चोखाल, सुनचाँदी व्यवसायी संघ भिमगिठेका अध्यक्ष जीतबहादुर सुनार, होटल व्यवसायी संघ भिमगिठेका सचिव विजय केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलाले पाण्डब केसीको अध्यक्षतामा २५ सदस्यीय राष्ट्रिय उद्योग व्यापार संगठनको बाडिगाड गाउँ पालिका स्तरिय कार्यसमिति गठन गरेको छ । समितिको सचिव राजेन्द्र खत्री र कोषाध्यक्ष जनक रावल रहनुभएको छ ।
सावित्रा खत्रीको संयोजकत्वमा ५ सदस्यीय महिला उद्यमी समिति टिपुरे सुनारको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
भेला पाण्डब केसीको अध्यक्षता, जिल्ला सहसंयोजक बाबु डियर हमालकोे स्वागत मन्तव्य र केन्द्रिय पार्षद राजबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।