२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नागरिक सँग मिलेर काम गर्छु: एसपि खापुङ

१८ माघ २०७३, मंगलवार ०२:२७

कृष्ण कँडेल/माघ १८, बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङको आयोजनामा बागलुङको ग्वालीचौरमा नागरिक सुनुवाई तथा प्रहरी मेरो साथी विषयक कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै स्थानिय नागरिक तथा सरोकारवालाले प्रहरीले आफ्नो कार्यसम्पानमा कसैलाई विभेद नगरि निष्पक्षता पुर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले प्रहरी चौकी ग्वालीचौरको स्तरबृद्धि गरि ईलाका प्रहरी कार्यालय स्तरमा लैजान माग गरेका थिए । 

बक्ताहरुले प्रहरीले समान्य नागरिक प्रति सभ्य र नम्र व्यवहार गर्नुपर्ने औँल्याएका थिए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले आफु जिल्लाको शान्ति सुरक्षा कायम गर्न सँधै नागरिकसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले सवै नागरिक बर्दिविनाको प्रहरी भएको भन्दै शान्ति सुरक्षा र अमन चयन कायम गर्न प्रहरीलाई सहयोग गर्न स्थानिय नागरिक तथा सरोकारवालालाई आग्रह गर्नुभएको थियो । 

जिल्ला प्रहरी प्रमुख एसपि खापुङले आफु बागलुङमा आएपछि मातहतका ईकाईहरुको अवस्थाको निरक्षण तथा प्रहरीको काम प्रति नागरिकको चासोका विषयमा बुझ्नका लागि बागलुङको पश्चि क्षेत्रमा आएको बताउनुभयो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि ग्वालीचौर उपसाखाका सभापतीले धन्यवाद मन्तव्य राख्नुभएको थियो । कार्यक्रम स्थानिय समाजसेवि ठनेश्वर घिमिरेको अध्यक्षता, स्थानिय खार माविका शिक्षिका जीवन घिमिरेको स्वागत र ईलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

जिल्ला प्रहरी प्रमुख खापुङले ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकि ग्वालीचौरको निरीक्षण तथा अवलोकन गरि शान्ति सुरक्षा कायम गर्न सक्रियता साथ लाग्न निर्देशन दिनुभएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ