2026-09-18 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा

फागुन ११, नवलपरासी
मुस्लीम र हिन्दु सामुदायको आस्थाको केन्द्र बनेको मदार बांबां मेलाको तयारी पुरा भएको
बताइएको छ ।

बर्षौदेखि नवलपरासीको कुडिया र रुपौलिया गाविसमा
लाग्दै आएको मदार बाबाको मेलाको उचित व्यवस्थापन तथा तयारी पुरा कुतबुल मदरशाहा कुडिया नवलपरासीका
अध्यक्ष जमालुद्धिन अन्सारीले बताउनु भयो । मेला यहि फागुन १५ गतेदेखी संचालन भई दुई साता चल्ने छ

मदारबाबाको मुख्य स्थल कुडिया रुपौलियाको महलबारी बजारबाट करिब ९ किलोमिटर दुम्किबासको पहाडी
डाँडाँमा रही आएको छ । मदार शाह बाबाले सो ठाउँमा ४० दिन तपस्या गरेपछि सो ठाउँ पवित्र र सृद्धि प्राप्त
ठाउँले परिचत भएको छ । उक्ता डाँडाँमा मदारबाबाको मजार रहेको हुँदा सो ठाउँमा मनोकमना लिएर पुग्ने
जुनसुकै धर्मका भक्तजनहरुको मनोकमना पुरा हुने विश्वास रही आएको छ ।

धार्मिक एवं ऐतिहासिक पुरातत्वीक
रुपले चिनिने नेपाल भरिमा एउटा मात्र मुस्लिम तथा हिन्दु समुदायको आस्था एवं विस्वासको केन्द्र बनेको
मदार बांबां धार्मिक स्थलमा यस बर्ष करिब १५ लाख दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

मुस्लिम समुदायको नेपालकै पहिलो र पुरानो ऐतिहासिक मदारबाबाको धार्मिक स्थल अहिले
देशविदेशमा प्रशिद्ध भएकै कारण आन्तरिक तथा बाह्य भक्तजनहरुको घुईचो लाग्ने गरेको छ ।

पहाडी डाँडाँको करिब ५ घन्टाको पैदल यात्राले मदारबाबाको मजार पुगी मानिएको
मनोकामना पुरा हुने र विभिन्न दुखबाट जुधिरहेको पिडितहरुको दुख समेत हरन हुने आस्था र विस्वास रहेको छ

मदारबाबाको दर्शका लागि नेपालको काठमाण्डौ, पोखरा, नारायणघाट, बुटबल र छिमेकी देश भारतको उत्तर
प्रदेश, विहार, दिल्ली, महराष्ट, मध्य प्रदेश कोलकत्ता लगायतका ठाउँहरुबाट आउने गरेको पाइएको छ ।

मेलामा दर्शनार्थीको लागि बासस्थान, खानेपानी, शौचालय, बाटोघाटो, शान्ती
सुरक्षा, एवं स्वयम्सेवक परिचालन, सरसफाई, अतिथी सत्कार सहित सबै तयारी पुरा भईसकेको आयोजकले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई