२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा भएको औधोगिक व्यपार मेलामा आर्थिक कारोबार करिब ६ करोड र अवलोकनकर्ता २ लाख

११ फाल्गुन २०७२, मंगलवार १२:०८

फागुन ११, नवलपरासी । उद्योग वाणिज्य संघ नवलपरासीले
आयोजना गरेको पश्चिमाञ्चल स्तरीय औधोगिक व्यपार मेलामाको कुल आर्थिक कारोबार करिब ६ करोड भएको छ ।
मेलामा जिल्लाको ग्रामिण क्षेत्र तथा छिमेकी जिल्ला एवं छिमेकी देश भारतबाट करिब २ लाख अवलोकनकर्ताहरुको
उत्साहजनक उपस्थितिले सो आर्थिक कारोबार भएको हो । संघले आयोजना गरेको मेला गत माघ २९ गते देखी सुरु भई
आज फागुन ११ गते सम्पन्न भएको छ ।

प्रर्दशनी मेलामा तयारी
पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, अटो
मोबाईल्स, आईटीका आईटम, खाद्य परीकार, सूचना प्रविधिका सामानहरु, औषधी जन्य सामाग्री, सेनेटरी वेयर,
कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, खेलौना, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु
आकर्षणले मेलाबाट करिब ६ करोडको आर्थिक कारोबार हुन पुगेको संघका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक
राजेश कुमार गुप्तले बताउनु भयो ।

जिल्लामा रहेका विभिन्न
ऐतीहासीक, पुरातात्वीक एवं धार्मिक तथा पर्यटकिय स्थलको अन्तराष्टिय स्तरसम्म व्यापक प्रचार प्रसार
गराउने, कृषि उपजनी तथा स्थानिय उत्पादित बस्तुहरुको राष्टिय बजारसम्म प्रवद्र्धन गर्ने, जिल्लालाई
औद्योगिक करिडोरको रुपमा परिचित गराउने र जिल्लाको समग्र आर्थिक र सामाजिक रुपमा विकास गराउने
उद्देश्यले आयोजित मेलामा ति उपलब्धीहरु पुरा भएको संघका अधयक्ष एवं मेला समितिका संयोजक भिम बहादुर
थापा क्ष्ोत्रीले बताउनुभयो ।

मेलाको मुख्य आकर्षणको रुपमा
रामग्राम स्तुपको आकारको मुख्य प्रवेश द्धार, आईटी, कृषि, अटो मोबाईल्स, लागयत ईन्स्टल, बाल उद्यान र
सांस्कृति मन्चहरु मेला मुख्य आकर्षणको रुपमा रहेको छ भने मेलामा आईटी, कृषि, पर्यटन, उद्योग, व्यपार
प्रर्वद्धन एवं सूचना प्रविधिको बृहत प्रर्दशनीले दर्शकको उत्साहजनक उपस्थित भएको र मेला सफल समेत भएको
महसुस गरिएको संघका महासचिव एवं मेला प्रवक्ता गिरीराज पाण्डेले बताउनु भयो ।

अन्तराष्टिय जगतमै एक
ठाउँमा मात्र सुरक्षित रहेको शान्तिका अग्रदुत एवं भगवान सिद्धार्थ गौतमबुद्धको अष्टधातु रामग्राम
स्तुपाको स्ट्याचु(आकृती) मेलाको मुख्य आर्कषणको रुपमा रखिएको छ । स्तुपाको स्ट्याचुलाई मुख्य
प्रवेशद्धारमै राखि स्तुप आकारको नै प्रवेशद्धार निर्माण गरिएको छ । त्यस्तै बुद्धको मावली पण्डितपुर,
होमस्टे अमलटारी, गजेन्द्र मोक्षधाम, त्रिवेणीधाम , सीता मणी, राधाकृष्ण, मदारबाबा, नन्दन तथा बुद्धमंगल
ताल, नागबाबा मन्दिर, बाबा बर्दगोरी, दाउन्नेदेवी, मौलाकालिका लगाएतका ऐतीहासीक एवं धार्मीक तथा
पर्यटकिय स्थलको वृत्रचित्र मार्फत जानकारी गराइएको संघले जनाएको छ ।

– हुसैन अंसारी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली